निर्मल बस्नेत –चौतारा
त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ ।बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ ।
उँहाहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गर्नू भएको हो । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ ।कार्यक्रमका प्रमुख आतिथी नगर उपप्रमुख सीता थापाले दिक्षान्त समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन सन्तोषजनक अवस्था रहेको तर्क राख्नु भएको छ । सो अबशरमा उँहाले वरपरको सामुदायिक बिद्यालयले पनि जुगलबाट केहि सिकेर कार्यन्वयन गर्नुपर्छ भन्नु भयो । उँहाले “वर्तमान् पाठ्यक्रम र पाठ्भार बिद्यार्थीहरुको लागि बोझ भएकोले सरल र बोध गर्न सक्ने पाठ्यक्रम निर्माण गर्नु अहिलेको आवश्यकता हो ।” त्यसैले आगामी बर्ष निर्माण हुने पाठ्क्रम परिवर्तनमा सवैको ध्यान रहनुपर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रमका बिशेष अतिथी बिद्यालय क्षेत्र वडा नम्बर ५ का वडाध्यक्ष सिब श्रेष्ठले बिद्यार्थीहरुमा प्रबिधिप्रतिको चासो र त्यसबाट ज्ञान लिने कुरा सकारात्मक हुँदाहुदै पनि सामाजिक सञ्जालको दुरुपयोगले बिद्यार्थीहरुमा नकारात्मक असर पर्दै गईरहेको कुरा उल्लेख गर्दै त्यसमा अभिभावकले बिशेष ध्यान दिएर सभ्य र अनुशाशित बनाउन लागि पर्न आग्रह गर्नु भयो ।कार्यक्रमका सभाध्यक्ष एवं बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रेतीले सिकाई निरन्तर र नियमित चलिरहने प्रकृया भएकोले चौतारामा आफूले झण्डै ११÷१२ बर्ष सम्म धेरै सिकाई र अनुभव हासिल गरेको बताउँनु भयो । उप्रतीले कठिन परिबेश र साँघुरो भौतिक अवस्थाको बिच आफुले जिम्मेवारी लिएको स्मरण गराउँदै २०७२ सालको बिनाशकारी भूकम्प र त्यसपछिको कोरोनाको महामारीका बिच पनि कतै बिचलित नभई बिद्यालय र शिक्षाको श्रीबृतिको लागि आफु अहोरात्र लागिपरेको बताउँनु भयो । हालको गुणस्तर बृद्धि र अवस्था परिवर्तमा बिद्यालयमा कार्यरत २८ जना शिक्षक शिक्षीकाको योगदान रहेको भन्दै कर्मचारीहरुको मुक्तकण्ठले प्रशंशा गर्नू भएको थियो ।उप्रतीले बिद्यायलका संस्थापक जयन्द्र श्रेष्ठ र ईश्वरीमान श्रेष्ठको योगदानको चर्चा गर्दै “भोली आफु यस ठाउँमा रहुला नरहुँला तर जुगल बोर्डिङ भने रहिरहनुपर्छ ” भन्नु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी कार्यपालिका सदस्य सानुमाया गुरुङ, वडा नम्बर ५ का वडा सदस्य रामबहादुर घले र कोमलबहादुर श्रेष्ठ , प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष सुन्दर शिरिष र खुलापाना डटकमका सम्पादक बिजय नेपालले एलकजी,नर्सरीका बिद्यार्थीह सहभागि अतिथीहरुलाई बिद्यालयका प्रीन्सीपल ओमप्रकाश उप्रतीले मायाको चिनो प्रदान गर्नू भएको थियो । बिद्यालयको मुल समारोहको अघिल्लो दिन बिद्यालयका शिक्षक दिपक उप्रेतीले सञ्चालन गर्नू भएको उक्त कार्यक्रममा बिद्याथीहरुको रमाइलो नृत्य रहेको थियो । मुल समारोह भने बिहीबार हुने भएको छ ।
