सम्पर्क

हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिकोत्सव सम्पन्न

हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११÷– (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो । ‘सबै मेरा सपना थिए’ लघुकथा लेखी लघुकथा विधामा प्रवेश गरेका तिवारीका दसैँ खर्च (२०५७) र महँगी, भोक र सार्वभौमसत्ता (२०७०) लघुकथासङ्ग्रह प्रकाशित छन् । उहाँले लघुकथा कुनो फेसबुक पेजमार्फत नेपाली लघुकथाको विकास र विस्तारमा सहयोग पु¥याउनुभएको थियो ।
केन्द्रद्वारा आयोजित उक्त कार्यव्रmममा केन्द्रले पी.पी. कोइरालाको डगल्यान्ड, अनु विज्ञातिको अक्षररेखा, सीता रेग्मीको शब्दयात्राका साथमा केन्द्रका लघुकथा र विविध (संयुक्त लघुकथासङ्ग्रह) गरी चार लघुकथासङ्ग्रह पनि सार्वजनीकरण गरेको छ । केन्द्रको प्रकाशनमा प्रकाशित चार पुस्तकको सार्वजनीकरण ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, डा. रवीन्द्र समीर, नारायण तिवारी, स्रष्टा त्रय पी. पी. कोइराला, अनु विज्ञाति,  सीता रेग्मी तथा केन्द्रका अध्यक्ष तथा कार्यव्रmमका सभाध्यक्ष लता केसीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । विमोचनपछि मिसु श्रेष्ठ , वीरेन मालाकार ` सहयात्री´, गङ्गा दाहाल न्यौपाने र निर्मला बरालले लोकार्पित कृतिबाट एक एकओटा लघुकथा वाचन गर्नुभएको थियो ।केन्द्रले आफ्नो वार्षिकोत्सव कार्यव्रmममा दोस्रो चरणअन्तर्गत ३५ जनालाई केन्द्रको आजीवन सदस्य प्रदान गरेको छ । हालसम्म केन्द्रले ८९ जनालाई आजीवन सदस्य प्रदान गरिसकेको छ ।
हाम्रो लघुकथा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सत्या अधिकारीले उपस्थित अतिथिको स्वागत गर्नुभएको थियो भने वन्दना घिमिरेले सम्मानित स्रष्टाको परिचय दिनुभएको थियो । कार्यव्रmममा विशिष्ट अतिथि डा. रवीन्द्र समीर, गङ्गा कर्माचार्य पौडेल, ध्रुव मधिकर्मी, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, स्रष्टा त्रय पी. पी. कोइराला, अनु विज्ञाति, सीता रेग्मीले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।
२०७६ चैत्र ३ गते स्थापना भएको हाम्रो लघुकथा केन्द्रको उक्त वार्षिकोत्सव कार्यव्रmममा शेखर अर्याल, किशन पौडेल, श्यामप्रसाद श्रेष्ठ, विनोद नेपाल, इन्दिरा चापागाईँ, रत्न विरही घिमिरे, कुमुदप्रसाद शर्मा, रामकुमार पण्डित, दीपक लोहनी, कात्यायन, डा. हिमलाल श्रेष्ठ, लोकनाथ पुडासैनी, वन्दना घिमिरे, मन्दिरा चापागाईँ रामराजा केसी, समिर पाख्रिन, मनीषकुमार शर्मा समित, रासा, मधुसुूदनप्रसाद घिमिरे, शान्ता शर्मा, कल्याण पन्त, सुनिता निरौला पौडेल, रमेश सुवेदीलगायत सय  जना लघुकथाप्रेमीहरूको उपस्थिति थियो । केन्द्रका अध्यक्ष लता केसीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यव्रmमको सञ्चालन शुभ शर्माको उद्घोषणमा सम्पन्न भएको थियो ।