सम्पर्क

माने मर्मत गर्ने क्रममा सयौं बर्ष पुरानो बुद्धको मुर्ति फेला

कुमार बस्नेत (अधिराज )
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका वडा नं. ५ सुनखानी मानेडाँडामा माने मर्मत गर्ने क्रममा सयौं बर्ष पुरानो बुद्धको मुर्ति भेटिएको छ । शुक्रबार उक्त मुर्तिसँगै ओदान, कसौंडी, करूवा, थाल लगाएतको सामन भटिएको मर्मत समितिका अध्यक्ष रामकाजि लामाले बताउनुभयो ।
९ सय वर्ष पुरानो लहरे मानेडाँडाको नामले परिचित उक्त माने २०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुर्याएको थियो । उक्त मानेभित्र बुद्धको मुर्ति, ओदान, कसौंडी लगाएतको सामान छ भन्ने कसैलाई थाहा नभएको स्थानिय बताउछन् । मुर्ति र सामान संरक्षण गरेर माने बनिसके पछि सुरक्षित गरि मानेभित्र नै राख्ने सुनकोशी गाउँपालिका उपाध्यक्ष कान्छि लामाले बताउनु भयो । उपाध्यक्ष लामाको पहलमा माने मर्मत गर्नका लागि गाउँपालिकाबाट गत बर्ष १० लाख बिनियोजित गरि पुरानो मानेलाई वरिपरिबाट वाल लगाएर मर्मत भईरहेको छ ।