सम्पर्क

मनोरन्जन

नेपाल मगर महिला संघले “२७ औ स्थापना दिवस मनाउने

मनोरन्जन, समाचार
दर्शन सुनार नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेकोे महिला बिभागको आयोजनामा आगामी शुक्रबार “२७ औ स्थापना दिवस“कार्यक्रम हुने भएको छ । “जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तीकरण र पहिचानको संरक्षण सम्बर्द्धन पक्षमा हाम्रो अभियान“, भन्ने मुल नाराका साथ स्थापना दिवस सगै “चेलीमाइती भेटघाट तथा महिला सचेतना कार्यक्रम–२०२४“ को आयोजना गरिएको कार्यक्रम संयोजक सीता राना मगरले जानकारी दिनुभयो । शुक्रबार कतारको प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ संस्था,समाजसेवी,बुद्धिजीवी,कलाकार,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजु–भाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि नेपाल मगर संघ शाखा कतारले हार्दिक निमन्त्रणा समेत गरेको छ ।...

चौतारामा पनी इन्द्र जात्रा शुरुवडाअध्यक्षद्धारा खुशी ब्यक्त

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा यस बर्ष देखी इन्द्र जात्रा मनाउँन शुरु गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले हरेक महत्वपुर्ण पर्ब मध्य इन्द्र जात्रा पनी अती महत्व पर्ब पर्ने भएको ले यो पर्ब मनाउँन शुरु गर्न लागेको बताउँनु भयो । इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुरानो बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवको प्रतिमा स्थापना गरिए पछि इन्द्र जात्रा मनाउन थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।गत वर्ष स्थानीय समाज सेवी रबिन्द्र श्रेष्ठले भैरवको प्रतिमा स्थापना गर्नु भएको थियो । ९ ÷११ फुटको उक्त प्रतिमामाको शिरमा ईन्द्र भगवानको प्रतिमा स्थापना गरिएको छ । बाजागाजा सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा जात्रा मनाई...

सांगीतिक प्रस्तुतिका लागि कतार पुगेका गायक रमेशराज भट्टराईसँगै तीन कलाकार सम्मानित

मनोरन्जन, समाचार
दर्शन सुनार/कतार कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार जना कलाकार सम्मानित हुनु भएको छ । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं , ईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन् । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गरेको थियो । सम्मान पश्रांत शुभकामना मन्तव्य बोल्दै गायक भट्टराईले आफू कतारमा पाचौं पटक सम्म सांगीतिक प्रस्तुति दिने अवसर मिलेको बताउदै प्रतिष्ठान शाखा कतारबाट दोस्रो पटक सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नु भयो । उहाँले वैदेशिक शाखाबाट आएका दुख गुनासा आफुले सुन्दै आईरहेको र केन्द्रमा पनि वैदेशिक शाखाका गुना...

रेखालाई कतारमा सम्मान

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
दर्शन सुनार कतार,नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ ।मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पु¥याएको योगदानलाई कदर गर्दै दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान तथा बिदाई गरेको हो ।संस्थागत बिदाई पश्रांत अतिथी रेखा मगर अत्यन्तै भावुक बन्नु भएको थियो । सो अबशरमा मगरले कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी नेपाल फर्किन लागेतापनी आफू कतार रहदा नेपाल मगर संघ र साँस्कृतिक परिवारले दिएको माया र साथ सदैब मनमा रहिरहने र संघलाई सम्झिरहने बताउँनु भयो ।बिदाई तथा सम्मान कार्यक्रममा नेपाल मगर संघ शाखा...

दिनेश श्रेष्ठको स्वरमा आक्रोसको “पैसा र प्रदेश“ भिडियो सहित सार्वजनिक

मनोरन्जन, समाचार
दिनेश भण्डारी/काठमाण्डौं पछिल्लो समय नेपालबाट नेपालीहरू बेरोजगारी तथा बाध्यताको कारणले गर्दा लाखौंको सङ्ख्यामा जनताहरू परदेशिएका छन् । कतिपय नेपालीहरूले प्रदेशमै ज्यान गुमाएका पनि छन् । कतिपय मान्छेले आफ्नो सपना बोकेर सयौं वर्ष बिताउँदा पनि दुई पैसा नकमाई घरदेश फर्किएका छन् लाखौंको संख्यामा जनताहरू प्रदेशमै अलपत्र परेर आफ्नो घरदेश त्यागेर बस्न पर्ने बाध्यता रहेको छ यस्तै यस्तै लाखौं परदेशी नेपालीहरूको बाध्यतामा समर्पित आक्रोश सापकोटाको प्रस्तुतिमा दशैं विषेश पैसा र प्रदेश एल्बम बजारमा सार्वजनिक भएको छ । काठ क्षेत्रमा लाखौं गीत संगीत गरी चर्चामा रहनुभएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको मन छुने लय शब्द सिर्जना भित्र दिनेश श्रेष्ठ जयराम सापकोटा गोकुलप्रसाद ढकाल पार्वती कार्की र मन्दिरा मिश्राको सुमधुर आवाजमा पैसा र प्रदेश । म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटक फेसबुक...

तीज गीत प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ द्धारा आयोजित गायन प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका ५ समूहबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका ७ वडा कार्यालय प्राङ्गणमा आईतबार भएको प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो, बालसुधार माध्यमिक विद्यालय–दोश्रो, भारतिथोक आमा समूह तेस्रो तथा देविस्थान आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सचिव मधुबिलास देवकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ,द्रोश्रोलाई ४ हजार ५ सय ,तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गायन प्रतियोगितामा गायक पदम दुलाल,गायिका सीता दुलाल र शिक्षिका रूक्मणी भट्टराईले निर...

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदै...

तीज पर्वले देशलाई एकतामा डोहो¥याएको छः मोहन बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
महिलाहरुको महान चाड तीज पर्वले देशलाई एकताको बाटोमा डोहो¥याउदै एक आपसमा मेलमिलाप अनि देशको मौलिक संस्कार र संस्कृति संरक्षण र अनुशासित जीबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।उहाँले बाह्रबिसे नगरपालिकामा आयोजित तीज बिशेष शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले खाना खानैका लागि तीज होइन रहेछ, यो त तामाङ शेर्पा लगाएत विभिन्न थरका मानिस र हिन्दु, बुद्ध, क्रिश्चियन, लगाएतका सबै धर्मका मानिसहरुले अघिपछी अरु पोशाकमा सजिएको भएता पनि तिजमा रातोसारी चोलोमा सजेको देख्दा यो चाडले मेलमिलाप एक आपसमा सद्भाव अनि दुखसुखका कुराहरु साटासाट गर्ने चाडको रुपमा आफुले पाएको बताउँनु भयो ।हजारौको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यो पर्बले सिङ्गो राष्ट्रला...

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तिजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेस र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । “आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमान्का लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हो, बस्नैपर्छ भन्ने पनि छैन, प...

हरितालिका ब्रत कथा 

जिबनशैली, मनोरन्जन, विचार
पृथ्वी जंग पाण्डे २०८१ शालको हरितालिका व्रत÷तीज पर्व यही भाद्रशुक्ल तृतीया अर्थात् २०८१/५/२१ गते शुक्रवार पर्न आएको छ । यो पर्व सम्पूर्ण नारीहरुको महान पावन पर्वहो।यसको व्रत वस्नुको मूख्य अर्थ अखण्ड सौभाग्य प्राप्ति समृद्धि प्रगाढ दाम्पत्य प्रेम सुयोग्य सन्तान तथा पतिको दीर्घायुको कामनानैहो । पुराणहरुमा वर्णन गरिए अनुसार हरितालिका ब्रत भाद्रमासको शुक्ल तृतीयाका दिन हिन्दू नारीहरुले भगवान शिव पार्वतीको पूजा अर्चना ब्रत उपवास वसी मनाउने गर्नु हुन्छ । यो व्रत विशेष गरी सधवा महिलाहरुले अखण्ड सौभाग्य प्राप्ति,सुख सम्पत्ति प्राप्ति तथा पति पुत्रको आरोग्य एवं आयुवृद्धिको कामना गर्दै ब्रतवस्न हुन्छ भने कन्या कुमारीहरुले असल पतिको कामना गर्दै ब्रत वस्नु हुन्छ । संक्षेपमा कथा– पौराणिक कथन अनुसार परापूर्वकालमा दक्षपुत्री सतीदेवीले आफ्ना पिताद्वारा आफ्ना पतिश्रीमहादेवको अपमान गरेको हुनाले सतीदे...