पृथ्वी जंग पाण्डे
२०८१ शालको हरितालिका व्रत÷तीज पर्व यही भाद्रशुक्ल तृतीया अर्थात् २०८१/५/२१ गते शुक्रवार पर्न आएको छ । यो पर्व सम्पूर्ण नारीहरुको महान पावन पर्वहो।यसको व्रत वस्नुको मूख्य अर्थ अखण्ड सौभाग्य प्राप्ति समृद्धि प्रगाढ दाम्पत्य प्रेम सुयोग्य सन्तान तथा पतिको दीर्घायुको कामनानैहो ।
पुराणहरुमा वर्णन गरिए अनुसार हरितालिका ब्रत भाद्रमासको शुक्ल तृतीयाका दिन हिन्दू नारीहरुले भगवान शिव पार्वतीको पूजा अर्चना ब्रत उपवास वसी मनाउने गर्नु हुन्छ । यो व्रत विशेष गरी सधवा महिलाहरुले अखण्ड सौभाग्य प्राप्ति,सुख सम्पत्ति प्राप्ति तथा पति पुत्रको आरोग्य एवं आयुवृद्धिको कामना गर्दै ब्रतवस्न हुन्छ भने कन्या कुमारीहरुले असल पतिको कामना गर्दै ब्रत वस्नु हुन्छ ।
संक्षेपमा कथा–
पौराणिक कथन अनुसार परापूर्वकालमा दक्षपुत्री सतीदेवीले आफ्ना पिताद्वारा आफ्ना पतिश्रीमहादेवको अपमान गरेको हुनाले सतीदेवीलाइ असह्य भयो र उनीले महादेवको नाम स्मरण गर्दै पिताको यज्ञशालाको हवनकुण्डमा हामफालेर प्राण त्यागगरेको हुनाले उता महादेव सतीदेवीको विरहमा तड्पीएर वैराज्ञ अवस्थामा पुग्नु भयो। सतीदेवीले त्यसरी देहत्यग गरे पनि उनको कर्मवासना (दाम्पत्यप्रेमको वन्धन)प्रगाढ रहेकोले उनको जीवात्माले महादेव संगै पुन विवाहा वन्धनमा वाधंएर दाम्पत्य जीवन विताउन चाहन्थ्यो त्यस कारण उनी पुनर्जन्म लिएर पुन महादेवकी अर्धाङ्गिनी भएरै वस्न चाहन्थिन् यसको लागि उपयुक्त स्थान राजा हिमालयको घरमा पुत्रीको रुपमा पुनर्जन्म लिने विचारले हिमालयकी पत्नी मैनाको गर्भमा प्रवेश गरी हिमालयकी पुत्रीको रुपमा जन्म लिइन्। उनको नाम ज्योतिषीहरुले पार्वती राखे त्यहीं वढीन् जव पार्वतीको विवाहको उमेर भयो तव हिमालयले सुयोग्य वरको खोजी गर्दै जांदां विष्णुभगवान उनको लागि सुयोग्य ठानेर वातचित चलाउनु भयो कुरा पनि मिल्यो । ,यो कुरा हिमालयले पत्नी मैना संग भन्नु भयो भगवान िष्णुलाइ ज्वांइ वनागउन पाउंदा मैना पनि खुसीभइन् उनैले यो कुरा छोरी पार्वतीलाइ सुनाइन् तर पर्वतीको मन मानेन र पार्वतीले आफ्ना सहेलीहरुलाइ भनिन् हेर सखीहो? मैले सानै देखि शिवजीलाइ पति पाउं भनि मनमनै वहांलाइ स्वीकारी सकेकीछु मेरा पिताजीले मलाइ श्रीविष्णुलाइ दिने भनेर निर्णय गर्नु भएछ म कसो गरूं“ भन्दा सखिहरुले भने त्यसोहो भने यो कुरामा चिन्ता नगर हामीले तिमीलाइ यहांवाट भगाएर हिमालयको पवित्रतपोभूमि यौटा गुफामा लिएर जान्छौं । तिमीले त्यहीं वसी महादेवको तपस्या गर्नु भनेर सखिहरुले त्यै गुफामा लिएर गएर छोडेर आए उनले त्यहीं वसेर वालुवाको शिवलिङ्ग स्थापना गरेर कठोर तपस्या गरीन् तपस्या वाट शिवजी प्रशन्न हुनु भयो र पार्वतीलाई वरमाग भन्नु भयो पा र्वतीजीले हजुरलाइ पुन पतिको रुपमा भज्न पाउं भनिन् महादेवले तथास्तु भन्नु भयो । यसरी विष्णु संग हुन लागेको विवाहा हुन वाट छुटाएर उनका सखीहरु द्वारा भगाइएर(हरण गरिएर )तपस्या गर्न पठइएर हिमालयको गुफामा लगिकएको हुनाले यस दिनलाइ हरितालिका भनि नाम राखियो।
यता हिमालय पुत्रीको खोजी गर्दै तपस्या गरेको स्थानमा पुगनु भयो ,पार्वतीले आफ्ना पिता हिमालयलाइ उनको मनका कुरा सुनाइन् हिमालयले स्वीकार गर्नु भयो र पछि महादेवका साथ मां पार्वतीजीका साथमा विवाह भयो ।
हे हाम्रा–मातृशक्ति आमा दिदी वहिनीहरुहो? तपाइहरुनै सृष्टिका आदिश्रोत हुनु हुन्छ । सृजना र बृद्धि तपाइहरुका मुख्य गुण हुन् । यीनै गुणवाट तपाइहरु जननी कहलिएर विश्वबन्दनीय हुनु भएकोहो। तपाइहाम्रा पूर्वज माताहरुकै सदाचार र धर्मले हामी यहां सम्म आउन सकेकोहो यसलाइ निरन्तरा दिंदैं हाम्रो धर्म संस्कृति र सभ्यतालाइ यहां वाट घगाडी वडाउने दायित्व र कर्तव्य तपाइहरुकोहो। स्री पुरुष यौटा रथका दुइ पांग्रा हुन् एकको अभावमा रथ चल्दैन। पुरुष सभ्यताहो भने नारी संस्कृति हुन् ,पुरुष मस्तिष्कहो भने नारी हृदय हुन्। पुरुष ज्ञानहो भने नारी भक्ति हुन् ।
प्राचीनकालमा स्त्रीजातिलाइ विशेष आदर पूर्वक हेरिन्थ्यो ,
शाश्त्रहरुले पनि
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता। अर्थात् जहाँ नारीको पूजा हुन्छ अथवा सम्मान हुन्छ त्यहां देवताहरु रमाउंछन्,भन्नको मतलव जहाँ नारी खुसी हुन्छिन् त्यहां देवता पितृ अतिथिहरुको वास हुन्छ ,प्रशन्न चित् भएकी नारीले दिएको भोज्य पदार्थ ग्रहण गरेर देवता पितृगण तथा अभ्यात यति सवै प्रशन्न भएर आशिष् दिन्छन् ।जहाँ नारीको अपमान हुन्छ त्यहां कोही जांदैन त्यो घर नरक वन्छ ।
मध्य युगमा स्रीहरुलाइ अपेक्षाकृत उपेक्षाको दृष्टिले हेरिन थालियो त्यहीं देखि क्रमश पुरुषहरुको शोषणमा नारीहरु पर्दै गए।तर पनि तपाइहरुलेआफ्नो धर्म जोगइ राख्नु भएकोछ ।
र हाम्रो धर्म संस्कृति र सभ्यतालाइ पाश्चात्य संस्कृति र सभ्यताको प्रहार वाट वचाइ रहनु भएकोछ। पुरुषवाट यति पनि हुन सक्ने थिएन।किन भने जति महिलाहरुलाइ यस्मा रुचिछ तेती पुरुषहरुलाइ हुंदैन ।हुनत पुरुषहरु पनि तपाइहरुलेनै नौ महिना गर्भमा राखेर जन्माएर हुर्काएर वडाएर पठएकोहो तर पुरुषवर्गले यो कुरा विर्सन्छ हुंदा हुंदा जननालाइनै हुर्मत लिन थालछ । यहां कहीं हाम्रै आमाहरु वाट कही चुक हुन गयो र यी यस्त राक्षसी प्रवृत्तिका कुपुत्रहरुको जन्म भयो यस्ताले आफ्नालाइ पनि दुःख दिन्छन अरुलाइ पनि दुःख दिन्छन्। त्यसकारण मातृशक्ति माताहरुले आफनो
धर्म छाड्नु हुंदैन। आफ्नो धर्महरुलाइ कुनै हालतमा पनि छाड्नु हुंदैन सदा जीवन्त राख्नु पर्छ । व्रत उपवास वस्नु भनेको कुनै उद्देश्यका निमित्त संकल्प गरि निश्चित समय सम्म शुद्ध आहार विहार तथा आचरणमा रहने र उपवास भनेको उप +समीप दुई शब्द मिलेर उपवास वनेकोछ जसको अर्थहो उप माने समीप र वास माने वास माने वस्नु अर्थात् उपाश्य देवका समीपमा वस्नु हो। यसको लागि उपाश्य देव कुन हुन् ?शिव हरि राम कृष्ण जुन हुन् उनको विग्रहमूर्ति वा स्वरुपलाइ हृदयमा विराजमान गराएर उनका गुणगान गर्ने स्मरण कीर्तन ध्यान ,मनन निदिध्यासन गर्नेहो ।यस प्रकार व्रत वस्नाले उपास्य देवका गुणहरु ब्रतत उपवास वसरी निर्मल भएको चित्तमा तुरुन्त अवतरित हुन जान्छन् । हरितालिका ब्रतमा भगवान शिवको चिन्तन मनन गरिन्छ ।
अब भगवान शिवकोनै किन आराधना गरीन्छत भन्दा भगवान शिव जत्तिको पत्नी ब्रता अर्थात् पत्नीलाइ माया गर्ने अन्य देव कोही पनि छैन । भगवान शिवलेत शतीदेवीको प्राणान्त भैसके पछि पनि वहांको शव वोकेर सम्पूर्ण पृथिवी घुम्नु भयो । शिवजीले आफ्ना मृत पत्नीहरुका शिरमुण्डको माला गलामा लगाएर हिड्नु भयो। यस्तो पत्नी भक्त पति अरु को हुन सक्छ? तेसैले पतिब्रतानारीहरुले शिवजी तपस्या गर्ने,व्रत उपवास वसी आराधना गर्ने कारण पनि यहि हो । ब्रतवसी भगवानको पूजा उपासना गर्नु पर्छ ।व्रत वस्नलाइ शारीरिक रुपले जलस्नान गरी पवित्र हुन पर्यो र मन शुद्धिको लागि हरिनामस्मरण पूजा अर्चना ध्यान उपासना गर्नु पर्छ ।
यसरी उपवासवस्ने भनेर भोकै वस्नुलाइ मात्रै लिइदैन उपवास भन्नाले समीपमा वस्नु भन्ने अर्थ हुन्छ । जस्तै उप माने नजिक वास –वस्नु अर्थात नजिकमा वस्नु। कुनै ठूलावडाकहां वा कुनै कथा श्रवण गर्दा वा पूजा ध्यान गर्दा शरीर शान्त स्थिर, मन अचल ,इन्द्रिहरु संयमित रहन पर्यो तेस्को लागि खाली पेट वस्नु भन्नेहो ।ऐलेत वैज्ञानिक हिसावले पनि हप्ताम एक दिम शरीर मेसिनहरुलाइ विश्राम दिन उपवास वस्नु पर्छ भनेर विज्ञानले पनि प्रमाणित गरिसकेको छ ।
पुण्यात्मा आमादिदीवहिनीहरु हो ? प्राचीनकालमा पनि चरित्रवान् नारीहरु र दुष्चरित्र भएका नारीहरु थिए यौटै ऋषि कश्यपका दुइ पत्नी अदिति र दिति थिए ,अदितिले धर्म प्रति अभिरुचि राख्थिन् देवीदेवताहरुको उपासना गर्थिन, ब्रत वसिन्
शुद्ध आचरणमा रहन्थिन् उनवाट देवताहरुको जन्म भयो ।अर्की दिति को न शुद्ध आचरणथियो न धर्मप्रति आस्था थियो ।
सन्तानको इच्छ्यात उनमा पनि थियो उनते अशुद्धि समयमा ऋषिसंग सहवास गर्ने चाहना गरिन् ऋषिले हुन्न भन्दा भन्दै उनकै जोरवलले सहवास भयो उनवाट दैत्यहरु जन्मे र दुनियालाइ दुख दिए ।
संझनुस तपाइहरु खेतहो त्यो खेत जोतेर झारपात उखेलेर फालेर उन्नत जातको विउरोपियो भने र समयमा पानी मल गोडमेल गरीयो भने त्यहां वाट भनेजस्तो धान फल्छ । हैन झारैमा रोप्यो त्यो पनि कमसल खालको वीउ अनि कहां वाट धान फल्छ पसाउनै सक्दैन। सिद्धान्त यहीहो ।
अध्यात्म विज्ञान अनुसार केटले द्दछबर्ष सम्मगुरुकुलमा वसेर विद्या आर्जन गर्नुका साथै कठोर ब्रह्मचर्यको पालन गरेको हुन्छ ।ब्रह्मचर्यब्रत गरेर वीजको संरक्छ्यण गरेको हुन्छ वीजलाइ हाम्रा शाश्त्रर्हरुले वीरत्व,ओज तेज बल शुक्र कान्ति
विन्दु आदिनाउं दिइएकोछ जसवाट पुरुषमा यी उर्जाहरुको संरक्छ्यण भएको हुन्छ। तेस्तो युवक र शारीरिक र मानसिक रुपले शुद्ध विद्या र गुणले सम्पन्न चरित्रवाननारीको संयोग जुटेमा तीनवाट प्रज्ञावान् ,मेधावी ऋतम्भरा सन्तानको जन्म हुन्छ र तीनले आफ्नोकुलको उद्धार गर्नुका साथै आफन्त र अरु सवैको भलो गर्छन्। यस्तै सुयोग्य दम्पती वाट जीवनका चार पुरुषार्थहरु (धर्म ,अर्थ ,काम र मोक्छ्य) सिद्ध हुन्छन्।त्यसैले नारी पुरुष दुवैले संस्कारमा रहनु पर्छ ,धर्माचरण गर्नु पर्छ। तेसमा पनिनारीको गर्भमा ढमहिनास्म्म वालक रहेको हुनछ वालकले त्ही वाट कतिपय शिक्छ्या पाइसकेको हुन्छ जस्तो अभिमन्युले आमा सुभद्राकोगर्भमा रहंदानै दुस्मनको ब्यूहमा पस्ने ज्ञान सिकेका थिए ,यस्तै भक्त प्रह्लादले आफ्नी आमा कयाधुको गर्भमा रहंदानै नारदजी वाट
भगवद्भक्तिको ज्ञान सिकी सकेका थिए । तेसैले नारीको कोख शुद्ध हुनु पर्छ नत्र वर्णशंकरहरु जन्मनेछन्।
स्रीजातिलाइ सृष्टिको भार सुन्दर जगतको ।
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको ।।
मुनामदन
अन्तमा तपाइहरुका मनोकामनाहरु भगवान शिव तथा माता गौरीले पुरा गरीदिउन्
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका।
नाच्दी सुन्दरतालले पवनमा देखि फुलेकी लता ।।
विर्सझै “भनको तिमी“ यति भनी गौरी रुलाइ कन।
मुस्क्याएर फुल्याउंदा शिव दिउन कल्याणको चुम्बन।।
(महाकवी देवकोटाज्युको नेपाली शकुन्तलमहाकाव्य वाट)
सम्पूर्ण धर्मभिरु महिला दिदीवहिहरुलाइ पुन मंगलमय शुभकामनाज्ञापन गर्दछु । ॐ उमा महेश्वराभ्यां नमः
