सम्पर्क

नेपाल मगर महिला संघले “२७ औ स्थापना दिवस मनाउने

दर्शन सुनार

नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेकोे महिला बिभागको आयोजनामा आगामी शुक्रबार “२७ औ स्थापना दिवस“कार्यक्रम हुने भएको छ ।
“जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तीकरण र पहिचानको संरक्षण सम्बर्द्धन पक्षमा हाम्रो अभियान“, भन्ने मुल नाराका साथ स्थापना दिवस सगै “चेलीमाइती भेटघाट तथा महिला सचेतना कार्यक्रम–२०२४“ को आयोजना गरिएको कार्यक्रम संयोजक सीता राना मगरले जानकारी दिनुभयो ।

शुक्रबार कतारको प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण संघ संस्था,समाजसेवी,बुद्धिजीवी,कलाकार,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजु–भाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि नेपाल मगर संघ शाखा कतारले हार्दिक निमन्त्रणा समेत गरेको छ ।