सम्पर्क

चौतारामा पनी इन्द्र जात्रा शुरुवडाअध्यक्षद्धारा खुशी ब्यक्त

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा यस बर्ष देखी इन्द्र जात्रा मनाउँन शुरु गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले हरेक महत्वपुर्ण पर्ब मध्य इन्द्र जात्रा पनी अती महत्व पर्ब पर्ने भएको ले यो पर्ब मनाउँन शुरु गर्न लागेको बताउँनु भयो । इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । पुरानो बजार स्थित गणेश स्थान परिषरमा गत वर्ष भैरवको प्रतिमा स्थापना गरिए पछि इन्द्र जात्रा मनाउन थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउँनु भयो ।गत वर्ष स्थानीय समाज सेवी रबिन्द्र श्रेष्ठले भैरवको प्रतिमा स्थापना गर्नु भएको थियो । ९ ÷११ फुटको उक्त प्रतिमामाको शिरमा ईन्द्र भगवानको प्रतिमा स्थापना गरिएको छ । बाजागाजा सहित स्थानीयहरुको बाक्लो उपस्थितिमा जात्रा मनाईएको हो । यो जात्रा अब निरन्तर रुपमा हुने अध्यक्ष श्रेष्ठले बताउँनु भयो । उँहाले चौताराकै ईतिहासमा पहिलो पटक ईन्द्र जात्राको शुरूवात भएकोमा यसले चौताराको सम्पदामा एक इटा थप्नुको साथ साथै यहाँको पर्यटन बिकासमा समेत ठुलो मद्दत पुग्ने भएकोमा आफुलाइ खुशी लागेको बताउँदै यो कार्यको शुरूवात गर्नुभएकोमा रबिन्द्र श्रेष्ठ लगायत चौतारा,पुरानो बजारटोलबासीसबैलाइ बिशेष धन्यबाद दिनु भयो ।