अपाङ्गता भएका अगुवा महिलाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम चौतारामा सुरु भएको छ । ऋद्यः न्यिदभि को आर्थिक सहयोग र सप्रोस नेपालको आयोजनामा अपाङ्गता भएका अगुवा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम बुधबारबाट सुरु भएको सप्रोस नेपालका कार्यकारि निर्दशक महेश्वर ढकालले जानकारी दिनुभयो ।
३ दिनसम्म सञ्चालन हुने उक्त तालिममा चौतारा सागाचोकगढी नगरपालिकाको १४ वटै वडाबाट छनोटभई आएका १४ जना र बलेफि गाउँपालिकाका ८ वडाबाट छनोट भई आएका ८ जना गरि जम्मा २२ जना अपाङ्गता भएका ब्यक्ति तथा अपाङ्गताका अभिभावक अगुवा महिलाहरुको सहभागिता छ ।
