महिलाहरुको महान चाड तीज पर्वले देशलाई एकताको बाटोमा डोहो¥याउदै एक आपसमा मेलमिलाप अनि देशको मौलिक संस्कार र संस्कृति संरक्षण र अनुशासित जीबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।उहाँले बाह्रबिसे नगरपालिकामा आयोजित तीज बिशेष शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । बाह्रबिसे नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले खाना खानैका लागि तीज होइन रहेछ, यो त तामाङ शेर्पा लगाएत विभिन्न थरका मानिस र हिन्दु, बुद्ध, क्रिश्चियन, लगाएतका सबै धर्मका मानिसहरुले अघिपछी अरु पोशाकमा सजिएको भएता पनि तिजमा रातोसारी चोलोमा सजेको देख्दा यो चाडले मेलमिलाप एक आपसमा सद्भाव अनि दुखसुखका कुराहरु साटासाट गर्ने चाडको रुपमा आफुले पाएको बताउँनु भयो ।हजारौको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यो पर्बले सिङ्गो राष्ट्रलाई एकताको सुत्रमा बाध्न सहयोग गरेको बताउँदै सबै धर्ममा बिश्वास गरेकोहरुले यो पर्ब मनाउँन थालेकोमा खुशी ब्यक्त गर्दै यो अबसर जुटाउँने मौका दिएकोमा बाह्रबिसे नगरपालिकालाई बिशेष धन्यबाद दिनुभयो । यसैगरी कार्यक्रममा बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना खड्काले महिलाहरु धेरै पछाडी परिरहेको अबस्थामा स्व मङ्गलादेबी सिंहले महिलाको अधिकारका लागि महिला संघको स्थापना गरि हामिलाई एकता बद्ध भएर अगाडी बढ्न प्ररेणा दिनुभएको कारण आज हामी हरेक क्षेत्रमा अगाडी आउँनका लागि सहज भएको बताउँनु भयो ।
कार्यक्रममा बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेतले यस्ता चाडवाडले हामिलाई अनुशासित बनाएको बताउँनु भयो । कार्यक्रममा धनको पिर छैन बरी लै बोल र भाकाको गित लगाएत बिभिन्न गितहरुद्धारा प्रमुख अतिथी, बिशेष अतिथी र उपस्थतिलाई नचाएको थियो । कलाकारहरु लक्ष्मी रेग्मी, बबिता बानीया, दिनेश भण्डारी, बिष्णु बराल, सपना रोक्का, बिष्णु थापा लगाएतको प्रस्तुती रहेको थियो ।