तातोपानी नाकाबाट मानव आवतजावत सहिजकरण गर्न सांसद सापकोटाको नेतृत्वमा सर्बपक्षीय छलफल
९ भदौ, काठमाडौं । नेपाल र चीनबीच दशैं अघि नै तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न तयारी तिब्र पारिएको छ । तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा सो को तयारी स्वरुप शनिवार काठमाडौंमा सर्बपक्षीय छलफल भएको हो ।
छलफलमा नेपाल चीन व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावतको व्यवस्थापनको विषयमा महत्वपूर्ण छलफल भएको सांसाद सापकोटाले जानकारी दिए । उनले भने ‘बैठकमा शुक्रबार प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीसँग भएको भेटको जानकारी, तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भयो ।’ सहभागीका अनुसार बैठकमा चीनको सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै मानव आवतजावतको तयारी गर्ने, गाउँ कार्यप...
