सम्पर्क

राजनिती

सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको बताउनुभयो । “म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटक–पटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । कसैलाई आफ्नो कदम अस्थिरता र गतिशीलता लागे पनि उक्त कदम दे...

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिनुभएको हो । यसैगरी नेकपा (माओवादी केन्द्...

बागमती प्रदेशका छ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेश सरकारका छ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिनुभएको हो । नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त हुनुभएको थियो भने अन्य चारजना गत जेठ ७ गते नियुक्त हुनुभएको थियो । बागमती प्रदेशमा नेपाल कम्युष्टि पार्टीसहित पाँच दलको समर्थनमा ...

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त स...

१६गते इर्खुमा प्रतिमा–सालिक उद्धघाटन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ मा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको समुद्घाटन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा फागुन १६ गते बुधबार समुद्घाटन हुने भएको उद्धघाटन समारोहका मुल आयोजक समितीका संयोजक धन गोले तामाङले जानकारी दिनुभयो । नगरको प्रबेशद्धार इर्खु घुम्ती डाँडामा रहेको सालिकले सँस्कार सँस्कृतिलाई संरक्षण गर्दै पर्यटक भित्राउँने महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक समितीका संयोजक गोलेले बताउँनुभयो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तथा नेपाल तामाङ बोन्बो घेदुङका केन्द्रिय अध्यक्ष लाक्पा घ्याम्छो मोक्तान समेतको बिशेष उपस्थितीमा र स्थानिय निकायका जनप्रतिनिधि एवम् समासेव...

कुकुर उठाउँदै बलेरोमा हाल्दै

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाुक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाले छाडा कुकुर समातेर कुकुरको बन्ध्याकरण गर्न शुरु गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिकाले यस बर्ष करिब २०० कुकुरको बन्ध्याकरण गर्ने योजना राखेको पशु शाखाले जनाएको छ । यसै सन्धर्भमा बुधबार कुकुर सङ्कलन गर्न वडा नं १४मा नगर पशु शाखाका कर्मचारी पुगेर स्थानीयको सहयोगमा कुकुर समाउँदै बलेरोमा हाल्दै लगेको छ ।यसरी जम्मा पारिएको कुकुरलाइ इर्खुमा लगेर बन्ध्यकरण गरि फर्काइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का वडा सदस्य रत्न बहादुर तामाङले कुकुरको बन्ध्याकरण गरेर जँहाबाट लगस्यको सोही ठाउँमा ल्याएर छाडीने र त्यस्ता कुकुरबाट अरु छाउरा नहुने भएको ले छाडा कुकुर नियन्त्रणमा आउँने बताउँनु भयो ।  ...

अमिरको निधनले जनजाती महासघंलाइ क्षेती

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको निधनले सिङ्गो लाकतन्त्रबादीलाइ ठुलो क्षेती भएको महासघंले जनाएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समिति र नगर कार्यसमितिको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको युवा नेता; नेपाल शिक्षक संघको सदस्य एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको घरमा उपस्थिति भई औपचारिक रुपमै गरिएको श्रद्धाञ्जली र समाबेदना कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको अध्यक्ष ज्यान बहादुर तामाङले सबै लोकतन्त्रबादीहरुले उँहाको निती सिदान्त र उँहाले समाजमा गरेका सामाजीक कामहरुलाइ निरन्तरता दिदै अगाडी बढ्न सके मात्...

सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ गरिएको छ। गाउँपालिकाको कार्यलय सुनखानी हुन पर्ने माग सहीत आन्दोलन गरिरहेको सुनखानी बासीहरुले कार्यलय घेराउ गरेका हुन । माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो। सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठ...

स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ । बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महं...

संघीय सरकारको निर्देशन नमान्ने पालिका, पालिकाको निर्देशन नमान्ने वडा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
साँढेको जुधाई बाच्छाको मिचाई भने झै नेपालमा संघीयताको कार्यन्वयन पुर्णता नहुँदै केन्द्र सरकार र केही स्थानिय सरकारबिच आ–आफ्नै निर्णय लागु गर्ने प्रतिस्पर्धा चलेको छ । फागुन १ गते जनयुद्ध दिवसमा बिदा नदिने केन्द्रिय सरकारको निर्णयलाई चुनौती दिदै केही पालिकाहरुले बिदा दिएपछी पालिकालाई नै चुनौती दिदै मातहतका वडा कार्यालय खुलेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वटा वडा मध्ये ८ वटा वडा कार्यालयहरु सञ्चालनमा रहेका छन् । वडा कार्यालय सञ्चालनमा रहे पनि नगरपालिकाको कार्यालय भने बन्द रहेको छ । सिन्धुपाल्चोकमा रहेको ३ वटा नगरपालिका मध्ये जिल्लाको सदरमुकाममा रहेको चौतारा साँगाचोकगढी नगरपालिका बन्द रहेको छ भने मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका खुल्ला रहेको छ । ् चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडा कार्यालयहरु खुल्ले रहेका छन् । नेपाल कम्युनिष्ट पाटी माओबादी...