सम्पर्क

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

 

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त सरकार गठन गर्ने उल्लेख छ।सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ।सहमतिको तेस्रो बुँदामा सरकारमा सहभागी दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ।चौथो बुँदामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्याथी शान्त कायम गर्नका लागि यससँग सम्बन्धित र अन्य विषयहरू सहमतिको आधारमा अविलम्ब टुंग्याउने छ।यस्तै, पाँचौं बुँदामा संघीयता कार्यान्वयनँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने उल्लेख छ।छैटौं बुँदामा सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम् कार्यक्रम तयार गर्ने, सातौं बुँदामा मा सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद पुनर्गठन गरी नयाँ संयुक्त सरकार गठन गर्ने रहेको छ।सहमतिको अन्तिम बुँदामा चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने उल्लेख गरिएको छ। चार राजनीतिक दलबीच सोमबार नै नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सोह िसहमतीका आधारमा माओबादी केन्द्र बाट हित बहादुर तामाङ्ग, नेकपा एमाले बाट पदम बहादुर गिरी र रास्वपाका डोल प्रसाद अर्याल गरि तिन जना बिना बिभागीय मन्त्रमिा नियुक्त भइ सक्नु भएको छ ।