सम्पर्क

सदरमुकाममा रहेको सुन पसल चोरी

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित गम्भीर राणाले सञ्चालन गर्नुभएको सुन पसल चोरी भएको छ ।
आइतबार राति सदरमुकाम चौताराको मुख्य बजारमा रहेको जि.आर सुनचाँदी पसलबाट करिब बिस लाख बराबरको धनमाल चोरी भएको व्यवसायी राणाले बताउँनु भयो ।
उहाँको पसलमा करिब १० तोला सुन ३ किलो चाँदी लगाएतका गरगहना चोरी भएको बताउँनु भयो । ग्लोबल आइ.एम.ई बैंक समेत रहेको घरको मूल च्यानल गेटको ताल्चा फुटाएर चोरहरु भित्र पसि पसलको साइड सटरमा रहेको ताल्चासमेत फुटाएको र त्यहाँ जडित सिसी क्यामाराको डिभाइस समेत चोरी गरेको राणाले बताउँनु भयो ।
मूल सडकको दृश्य देखिने गरि पसल धनी राना आफैले जडान गरेको सिसि क्यामरा फर्काएर डिभाइस समेत लगेकाले अनुसन्धानमा केही समय लाग्ने भएको छ । जिल्लाको सदरमुकाम चौतारा बजारको अन्य क्षेत्रमा सिसि क्यामरा जडान गरिएता पनि सो क्षेत्रमा कुनै पनि सिसि क्यामरा नभएको र बैंक आफैले पनि बाहिर सडक÷आँगन देखिने गरि सिसि क्यामरा राखेको नदेखिएकाले कसरी चोरी भयो भन्ने बारेमा स्पष्ट हुन नसके पनी प्रहरीले गम्भीरताका साथ अनुसन्धान अगाडी बढाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले प्रहरीले उक्त चोरीको घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेकोले चोरी गर्ने ब्यक्तिहरु छिटै पक्राउ पर्ने बताउँनु भयो ।