गत फागुन १८ गते शनिबार काठमाण्डौको तीनकुनेस्थित हेभेन टिम्मुर थकाली रेस्टुरेन्टमा हाम्रो लघुकथा केन्द्र नेपालको केन्द्रीय पदाधिकारूहरूको बैठक सम्पन्न भएको छ । नजिकिदै गरेको सँंस्थाको चौथो वार्षिक उत्सवको अवसरमा गरिने कार्यक्रमहरू बैठकले तय गरेको छ ।
जसअनुसार एकजना सर्जकलाई सम्मान समर्पण गरिने, चार कृतिहरूको विमोचन गरिने, ६१ जनालाई अनलाइन प्रमाणपत्र वितरण गरिने र आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिने निर्णय गरेको थियो ।
हालसम्म ८७ जनाको आजीवन सदस्यतावापत उठेको शुल्कको ५४ प्रतिशत रकम ‘लघुकथा केन्द्र सम्मान झ प्रदानका लागि अक्षयकोष निर्माण गरेको र संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष चैत ३ गतेका दिन लघुकथा लेखन, विकास र विस्तारमा लागि पर्नु भएका एकजना स्रष्टालाई रू ११,१११ नगद र सम्मानपत्र समर्पण गर्ने निर्णय गरेको हो ।
यसै सिलसिलामा मिति २०८० चैत ३ गतेका दिन संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘लघुकथा केन्द्र सम्मान–२०८०’ लघुकथा लेखन र प्रविधाको उन्नयनमा संलग्न स्रष्टा नारायण तिवारीलाई दिने निर्णय गरेको छ । उहाँ वरिष्ठ कथाकार तथा लघुकथा कुनो फेसबुक पेजका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
सो अवसरमा ३४ जना आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिनेछ । स्रष्टा अनु विज्ञातिको अक्षररेखा लघुकथासङ्ग्रह, सीता रेग्मीको शब्दयात्रा लघुकथासङ्ग्रह, पी पी कोइरालाको डगल्याण्ड लघुकथासङ्ग्रह साथै ञ केन्द्रका लघुकथा र विविध झ नामक पुस्तकको विमोचन गरिने भएको छ ।
