सम्पर्क

राजनिती

नगरका खेलाडीहरुलाइ चौसागढीको पोशाक सहीचत शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका द्वारा जितको शुभकामना र पोसाक सहित सहभाग्गिताका लागी पठाइएको छ ।बुधबार देखी मेलम्ची नगरपालिकामा आयोजना हुने १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेखेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो सभाहलमा सहभागी गराएर खेलाडीहरु लाइ जितेर पहीलो स्थानमा हासिल गर्न हौसला प्रदान गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले खेलकुदले व्यक्तित्व विकास, अनुशासन सिकाउँने बताउँनु हुँदै हरेक खेलमा जित र हार सँग सँगै हुने तर मनोबलकै आधारमा जित हासिल गर्ने भएकाले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी भई सहभागी हुन अनुरोध गर्नु भयो । उहाँले उत्कृष्ट प्रदर्शनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न खेलाडीहरूलाई सफलताको लागी अगाडी बढ्न ...

सुसेली फाउन्डेशनको आठौं वार्षिकोत्सव सम्पादक बिडारीसहित विभिन्न स्रष्टाहरू सम्मानित

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेशनको आठौं वार्षिकोत्सव विशेष समारोहबीच सम्पन्न भएको छ । यही वैशाख २ गते फाउन्डेशनको वार्षिकोत्सव सञ्चार तथा साहित्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै सम्पन्न गरिएको हो । फाउन्डेशनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव दामोदर ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने उपाध्यक्ष सुशीला ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेशनका संरक्षक–सल्लाहकार चन्द्रा न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो यस अवसरमा सुसेली सम्राट बेदप्रसाद गौडेलले सुसेली भजन प्रस्...
प्रधान सम्पादक श्रेष्ठको जन्म दिनमा पशपति भण्डारखालमा वृक्षारोपण

प्रधान सम्पादक श्रेष्ठको जन्म दिनमा पशपति भण्डारखालमा वृक्षारोपण

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
जन्म दिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत शनीबार मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ समाजसेवी मदनकुमार श्रेष्ठले बृक्षरोपण गरेर जन्म दिन मनाउँनु भएको छ । उँहाले शनीबार परेको जन्मदिनको अवसरमा जन्मदिन लाई सत्कर्ममा जोडौ अभियानलाई एक्यवद्धता जनाउदै पशुपतिनाथ भण्डार खालमा वृक्षरोपण गरि जन्मोत्सव मनाएको बताउँनु भयो ।रौतहट बाट पहिलोपटक वरिष्ठ पत्रकार एवं समाजसेवी गोबिन्द चौलागाईंले आफनो जन्मोत्सव बाट सुरुवात गरिएको यो जन्म दिनलाई सत्कर्ममा जोडौं अभियानका अभियन्ता एवं राष्ट्रिय संयोजक वरिष्ठ ,पत्रकार गोविन्दप्रसाद चौलागाईंको बिशेष उपस्थितिमा प्रधान सम्पादक श्रेष्ठको जन्मदिनमा पशुपति विकास क्षेत्रस्थित भण्डारखाल जंगलमा ११ वटा वृक्षरोपण गरिएको हो । सो अवसरमा वृक्षरोपणको शुभारम्भ गर्दै अघिल्लो पुस्ताले रुख रेपेर हामीलाई अक्सिजन दिए जस्तै हामीले पनि भावी पुस्ताको जीवनका लागि वृक्षारे...
मौसम तथा जलवायु सूचना सेवा(WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

मौसम तथा जलवायु सूचना सेवा(WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न।

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, साहित्य, स्वास्थ्य
  ५ बैशाख २०८३ चौतारा ,सिन्धुपाल्चोक सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजना र बि. बि. सि. मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचना सेवा (WCIS) प्रणाली सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम चौतारामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको सभा हलमा सम्पन्न कार्यक्रम उद्घाटन र तालिम गरि दुई सत्रमा सन्चालन भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमको उद्धघाटन गर्नु हुँदै प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक बन उपभोक्ता महासंघको संचालन र यस्ले वन व्यावस्थापन, यस भित्रको सुशासन, सामुदायिक वन उपभोक्ता समूह मैत्री निति निर्माण्मा खेलेको भूमिका र अन्य समसामयिक विषयमा जानकारी गराउँनु भएको थियो उँहाले बन सरक्ष...
आमाको सम्झनामा चौतारा बृद्धआश्रममा भोजन

आमाको सम्झनामा चौतारा बृद्धआश्रममा भोजन

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व जेष्ठ ४गते शुक्रबार देशभर आमा हुने हरुले आमालाई मीठा–मीठा खानेकुरा दिएर र नहुनेहरुले मातातिर्थ तथा बिभिन्न मठमन्दीरमा गएर आमाको नाममा दान गर्ने र बृद्ध आश्रममा गएर मिठा मिठा भोजन गराएर आफना आमाको सम्झना गरेर मनाइएको छ ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका ५मा रहेको चौतारा बृद्धआश्रममा पनी आमाको सम्झनामा आश्रममा रहनुभएका आमा बुबाहरुलाइ मिष्ठान भोजन गराइएको छ । चौतारासाँगाचोकगढी नगरपालिका १४का नेत्र बहादुर बस्नेतले उँहाको स्वर्गीय माता सुन्तोली देबी बस्नेत र पिता किलीपबहादुर बस्नेतको सम्झनामा त्याँहा रहनु भएका आमा बुबाकाहरुलाइ खाना खुवाउँनका लागी आर्थीक सहयोग गर्नु भएको थियो । यसै गरी सोही वडाका खिनकुमारी बस्नेतले उँहाका आमा स्व नन्दकुमारी नेपाल र पिता स्व यमबहादुर ...
मन्त्रिपरिषद् बैठकको निर्णय : जेनजी अन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ‘सुरक्षा संयन्त्र’ का हकमा अध्ययन समिति गठन

मन्त्रिपरिषद् बैठकको निर्णय : जेनजी अन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्न ‘सुरक्षा संयन्त्र’ का हकमा अध्ययन समिति गठन

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २ वैशाख : सरकारले गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । समितिको सदस्यमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई रहनुभएको छ । मन्त्रिपरिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोषमा स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक मिलियन स्वीस फ्रान्क अनुदान सहायता प्राप्त ग...
गोरुपालकलाइ सम्मान गर्दै बाह्र्बिसे नगरका प्रमुख बालकृष्ण बस्नेत

गोरुपालकलाइ सम्मान गर्दै बाह्र्बिसे नगरका प्रमुख बालकृष्ण बस्नेत

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
पछील्लो समयमा खेतबारी जोत्नका लागी गोरुको चलन हराउँदै जाँदा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले गोरु पालक कृषकलाइ कार्यक्रमा नै समाबेस गरेर प्रोत्साहन सहयोग गर्दै आएको छ । यस अबस्थामा पछिल्लो समय गोरु पालन गर्ने किसानहरूको संख्या क्रमिक रूपमा घट्दै गएको देखिएको छ। आधुनिक प्रविधि र मेसिनको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणाली ओझेलमा पर्दै गएको अवस्थामा गाउँमै बसेर गोरु पाल्दै कृषि कार्यमा सक्रिय किसानहरू भने अझै आत्मनिर्भर कृषि अभ्यासको उदाहरण बनेका छन्।यही सन्दर्भमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत ले गाउँमै गोरु पालेर खेतीपाती गरिरहेका एक किसानलाई भेट्दै सम्मान व्यक्त गर्नुभएको छ। उहाँले गोरु पालेर कृषि उत्पादनमा योगदान पु¥याएको भन्दै किसानलाई धन्यवाद ज्ञापन गर्नुका साथै प्रोत्साहन समेत प्रदान गर्नुभएको छ ।नगर प्रमुख बस्नेतले परम्परागत खेती प्रणालीको महत्व औंल्या...
शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २ वैशाख : प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ । निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना सदस्य प्रस्तावक र सोही समितिका कुनै एक जना सदस्यको समर्थक हुनुपर्ने सङ्घीय संसद् (प्रतिनिधिसभा)का सचिव हर्कराज राईले जानकारी दिनुभयो । सोही दिन अपराह्न ४ः३० बजेसम्म निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमानुसारको सूची प्रकाशित हुनेछ । शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावले प्रस्ताव गर्ने, समर्थकले सम्बन्धित प्रस्...
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, शिक्षा, समाचार
काठमाडौँ, २ वैशाख : आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।...

नेपालको तातोपानी पर्यटनः सम्भावना, चुनौती र विकासको नयाँ मोडेल

#, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार
इन्जिनियर कृष्णभक्त दुवाल सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, जुम्ला हुँदै गोरखासम्म फैलिएका तातोपानी कुण्डहरू नेपालका अमूल्य प्राकृतिक सम्पदामध्ये पर्दछन्। यी तातोपानीहरू केवल स्नान वा मनोरञ्जनका लागि मात्र होइनन्, धार्मिक आस्था, स्वास्थ्य लाभ र पर्यटन विकासका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण छन्। प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न छाला तथा स्नायुसम्बन्धी समस्यामा राहत मिल्ने विश्वास गरिन्छ, जसले यसलाई “प्राकृतिक उपचार केन्द्र” को रूपमा समेत चिनाएको छ। नेपालमा रहेका यस्ता तातोपानी स्रोतहरूको सही व्यवस्थापन र प्रवद्र्धन गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्न सक्छ। अहिले पनि धेरै ठाउँमा स्थानीय स्तरमा सामान्य संरचना बनाएर प्रयोग भइरहेका छन्, तर समग्र रूपमा हेर्दा अझै व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन सकिएको छैन। चीन...