वैशाख २८ , डडुवा
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको चौतारा श्री डडुवा भवानी शंकर मा.वि. डडुवा मा शिक्षक प्रशिक्षण कार्यक्रम भएको छ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ को उपस्थितिमा लामो समयसम्म काठमाडौं का विभिन्न शिक्षण संस्थाहरूमा अध्यापन गर्नुभएका र WTO मा समेत काम गर्नुभएका शिक्षा क्षेत्रमा विज्ञता हासिल गर्नुभएका व्यक्तित्व गणेश नेपालले माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरू लाई पढाईमा कसरी अभिरुचि जगाई शिक्षण गर्ने भन्ने विषयमा रहेर शिक्षकहरूलाई शिक्षण प्रशिक्षण दिनु भएको थियो ।
उँहाले कक्षा कोठामा साना साना बालबालिकाहरूको मनोविज्ञानलाई बुझेर सरकारले तय गरेका लक्ष, उद्देश्य, समाजको आवश्यकता र बालबालिकाहरू ले सिक्न चाहेको कुरा कसरी सिकाउन सकिन्छ र कसरी सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो। शैक्षिक क्षेत्रका विद्वान व्यक्तित्व नेपाल ले आफ्नो लामो समयको कामको अनुभव साट्दै समयको आवश्यकतासँगै नयाँ प्रविधिको भरपुर उपयोग गरी सीपमूलक र व्यावहारिक ज्ञानमा अगाडि बढ्नुपर्ने र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल नेपालले शिक्षा सिकाइका उपलब्धीका बारेमा सबै एक भएर अगाडी बढ्न पर्ने बताउँनु भयो भने प्रअ बद्ी प्रसाद नेपालले यसरी प्रशिक्षण दिएकोमा बिद्यालयको शिक्षा सिकाइका बारेमा अझ अगाडी बढ्नका प्रेरेणा मिलेको बताउँनु भयो । नवनिर्वाचित बिव्यस तथा शिक्षक अभिभावक संघले अब नयाँ ढङ्गबाट दिर्घकालिन सोँच र योजनाका साथ अघि बढ्ने प्रतिबद्धता सहित शिक्षकहरूलाई हरेक समय सक्रिताका साथ शिक्षण क्रियाकलापमा लाग्न सुझाव व्यक्त गर्नुभएको थियो।
