सम्पर्क

ब्रेकिङ न्युज २

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २३ असारः यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिनुभयो । “सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्”, रिजालले भन्नुभयो, “कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रातीदेखि बजेट भुक्तानी हुँदैन ।” सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका ...
सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी द्धारा जारी सुचनामा विगत केहि दिन देखि यस जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका लगायतका स्थानिय तहहरुमा भारी बर्षा भइ जोखिम बढाइरहेको व्यहोरा सबैमा अवगतनै छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाबाट समेत यि स्थानहरु बर्षाको कारणबाट उच्च जोखिममा रहेको कारण विद्युत प्रशारण लाइनको पोल तथा टावरहरु, संञ्चार खानेपानी सडक, निजि आवास तथा सरकारी भवनहरुमा प्रभाव परी धनजनको क्षति हुनसक्ने भएकोले सजग र सचेत रहनहुन सम्पुर्ण जिल्ला बासिहरुमा अनुरोध छ भनीएको छ ।  सुचनामा जोखिम हुन सक्ने स्थानहरुमा भोटेकोशी गाउँपालिकामा भोटेकोशी खोलाको बहाव ...

श्रोत र साधनले भ्याएसम्म नागरिकको सेवामा रहि रहने छुः वडाध्यक्ष तामाङ

ब्रेकिङ न्युज २, विचार, समाचार
श्रोत र साधनले भ्याएसम्म नागरिकको सेवामा रहि रहने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङले बताउँनु भएको छ ।शुक्रबार वडा नं. १० को आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसद्वारा आयाेिजत सार्वजिनक सुनुवाई कार्यक्रममा उठेका प्रश्नकोे उतर दिने क्रममा उहाँ यस्तो बताउनुु भएको हो । वडा कार्यलय भवनमा आयोजित कार्यक्रममा तामाङले छिटै नगरपालिकाले नगरभित्र १ वडा एक सचिबको ब्यवस्था गर्न लागेको बताउनु भयो । वडा सचिव शिव प्रसाद न्यौपानेले २०८० साउन देखि २०८१ असार २० गते सम्म भएको सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।   उहाँले बिकास निर्माणमा वडाबासिहरुको सबैको सहयोग रहेको बताउदै वडा बिकासमा स्थानिय ननगरिकले देखाएको भुमिकाको प्रसंसा गर्दै आ.ब. ८०÷८१ को कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । वडा सदस्य यग बहादुर बोगटिले स्वागत गर्नु भयको थियो भने कार्यक्र...

भोटेकोशी इलेक्ट्रो हाइड्रो भत्किदा १० घाइते २ बेपत्ता प्रतिकुल मौसमका कारण उद्धारमा कठीनाइ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका स्थित हिन्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर वेपत्ता भएका छन् भने अन्य १० मजदुर घाइते भएको समाचार प्राप्त छ । दिनभर वर्षा भएको कारणले ढलानभित्र पुरिएर बेपत्ता मजदुरलाई निकाल्न सकिएको छैन । घाइते १० मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घटना भएको थाहा हुन साथ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तत्काल घटनामा परेकाहरुका उद्धारका लागी सुरक्षा निकाय र स्थानीयहरु खटेको बताउँनु हुँदै घटना के कसरी भयो भन्दा पनि पहिले उद्धारमा जाने र त्यसपछी छानबिन हुने बताउँनु भयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले घटना भएको थाहा पाउँन साथ जिल्ला स्थित सबै सुरक्षा निकाय बाह्रबिसे, हिन्दी, कोदारीका प्रहरी, नेपाली सेना शशस्त्र प्रहरी लगाएतका टोलीहरु खटिरहेको ज...

सिन्धुपाल्चोकका दुई चेलीको चीनबाट उद्धार

ब्रेकिङ न्युज २, समाचार
बिदुर आचार्य/सिन्धुपाल्चोक असार ९ गते बिबाहको प्रलोभनमा पारि चीन पु¥याई वन्धक वनाएर कामदारको रुपमा राखिएको सिन्धुपाल्चोककी एक महिला सहित दुई जना महिलाको उद्धार गरि नेपाल ल्याइएको छ । विविध बाहानामा चीन पु¥याईएको भनि उक्त पीडित महिलाले प्रहरी कार्यालयमा दिएको जाहेरीमा मानव बेचबिखन तथा ओसारप्रसारको अभियोग रहेको छ । उक्त अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली चेलीहरु चीनको विभिन्न स्थानमा वेचिन पुग्ने गरेको नयाँ तथ्य फेला परेको छ । पछिल्ला वर्ष मानव बेचबिखन तथा ओसारप्रसारमा चीन नयाँ गन्तब्य राष्ट्रको रुपमा देखिएको छ । पछिल्ला एक महिनामा चीनको विभिन्न स्थानबाट तीन जना नेपाली चेलीहरुको उद्धार गरि नेपाल ल्याईएको गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले जनाएको छ । असार ९ (जुन २३) मा दुई जना महिलाको उद्धार गरि नेपाल आईपुगेका छन् । विवाह गरि वा घरेलु कामदारका रुपमा...

चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने भएको छ । बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानले एक सूचना जारी गर्दै नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नगर विकास योजनामा स्वीकृत भई हालसम्म सम्झौता भई भुक्तानी हुन बाँकी रहेका योजनाहरुको भुक्तानी कार्य समयमै सम्पन्न गर्नुपर्ने भएकोले आगमी असार २२ गते (शनिवार) पनि सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु पनि खुल्ला रहने छ ।...

विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

ब्रेकिङ न्युज २, समाचार
जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइरहेको उहाँले ज...

कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाण्डौँ नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते  राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास–निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको सहमतिको स्वागत एवं समर्थन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले संविधानको अभ्यासको समीक्षा गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दोस्रोपटक कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेगरी भएको सहमतिल...

नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्छः पुर्वमन्त्री बस्नेत

कृषि, ब्रेकिङ न्युज २, समाचार
  पूर्व मन्त्री माननिय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने र नागिरकको माग बमोजिम बिकास गर्न सक्नेलाई मात्र जनताले भोट दिएर जिताउन पर्ने बताउनु भएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय बस्नेतले नेपाली काँग्रेसले बिकास गरेन भने जनताको काम गरेन भने त्यस्तालाई भोट दिनुस् भन्दिन, मत जसले जनताको काम गर्छ त्यसलाई छान्नुहोस भन्छु भन्नूहुँदै देश र जनताका लागि हरेक दुखसुखमा बिकासका कामहरुमा साथदिने पाटी काँग्रेस हो भन्नूभयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १० जल्केनिमा कृषकलाई अनुदानमा कृषि औजार मिनिटेलर मकै, कोदो पिसेर पिठो बनाउने मेशिनहरु वितरण गर्नुहुँदै उहाँले यस्तो बताउँनु भएको हो । मंगलबार एक समारोहको विचमा प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतद्धारा उक्त कृषि औजार सामग्री वितरण गरिएको हो । कृषि औजार सामग...

अग्रज पत्रकार एवं सामाजिक अभियन्ता नमराज बजगाईको जन्मदिन सेवा घरको असहायहरुसँग

ब्रेकिङ न्युज २, समाचार
दिनेश भण्डारी अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनुभएको छ । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले मंगलबार ९ असार १८ गते आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज सेवा घरको शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म आउनुभएको छ । उहाँले सेवा घरक...