श्रोत र साधनले भ्याएसम्म नागरिकको सेवामा रहि रहने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङले बताउँनु भएको छ ।शुक्रबार वडा नं. १० को आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसद्वारा आयाेिजत सार्वजिनक सुनुवाई कार्यक्रममा उठेका प्रश्नकोे उतर दिने क्रममा उहाँ यस्तो बताउनुु भएको हो ।
वडा कार्यलय भवनमा आयोजित कार्यक्रममा तामाङले छिटै नगरपालिकाले नगरभित्र १ वडा एक सचिबको ब्यवस्था गर्न लागेको बताउनु भयो । वडा सचिव शिव प्रसाद न्यौपानेले २०८० साउन देखि २०८१ असार २० गते सम्म भएको सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । 
उहाँले बिकास निर्माणमा वडाबासिहरुको सबैको सहयोग रहेको बताउदै वडा बिकासमा स्थानिय ननगरिकले देखाएको भुमिकाको प्रसंसा गर्दै आ.ब. ८०÷८१ को कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । वडा सदस्य यग बहादुर बोगटिले स्वागत गर्नु भयको थियो भने कार्यक्रममा वडाका पदाधिकारिहरु, सुरक्षाकर्मि, नागरिक समाज, सघंसस्था, राजनितिदलका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो । मिडिया हाउसका संचालक नेत्रबहादुर बस्नेतले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
