सम्पर्क

सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी द्धारा जारी सुचनामा विगत केहि दिन देखि यस जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका लगायतका स्थानिय तहहरुमा भारी बर्षा भइ जोखिम बढाइरहेको व्यहोरा सबैमा अवगतनै छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाबाट समेत यि स्थानहरु बर्षाको कारणबाट उच्च जोखिममा रहेको कारण विद्युत प्रशारण लाइनको पोल तथा टावरहरु, संञ्चार खानेपानी सडक, निजि आवास तथा सरकारी भवनहरुमा प्रभाव परी धनजनको क्षति हुनसक्ने भएकोले सजग र सचेत रहनहुन सम्पुर्ण जिल्ला बासिहरुमा अनुरोध छ भनीएको छ ।  सुचनामा जोखिम हुन सक्ने स्थानहरुमा भोटेकोशी गाउँपालिकामा भोटेकोशी खोलाको बहाव बढेकोले तटीय क्षेत्रका समुदाय तथा स्थानहरुमा जोखिम हुनसक्ने भएकोले सतर्कता अपनाउनु भनेको छ । यसै गरी पहिरोको जोखिम रहेकोवडा नं ३– लार्चा, २– मिलन बस्ती, ४– सुनखानी, ५– सागापानी, १– दुसारे, ४– झर्पु कुना, २– तामाङ गाउँ र ४– चाकु का समुदायहरु बाह्रबिसे नगरपालिकावडा नं ९– ओखरबोटे, ७– भिरखर्क, नाकपुजे, थगाम दलित बस्ति, तामाङ बस्ती, ६– सोताङ, डाडा कटेरी, २– स्याङसिङ, १– सिङखर्क, ७– डाडागाउँ पहिरो, घट्टे खोला, १– नागर्पा, जुरे,जुगल गाउँपालिकाको इन्द्रायणी खोलाको बहाब बढेकोले तल्लो तटिय समुदाय तथा क्षेत्रहरुमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ ।बोल्दे, घट्टेखोला, दिपु, पाङ्ताङ, ढड्यान, सञ्जगाउत्रिपुरासुन्दरी गाउँपालिकाकोवडा नं २, ३ र ६ का समुदायहरुसाथै विपद्जन्य कुनै घटना भएमा नजिकको प्रहरी ईकाइ, स्थानिय तह वा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको ०११६२०४७०, ९८५१२४३०८४, ९८४३०७१९१९, ९८४१८५५००४ मा सम्पर्क गरि जानकारी गराउनुहुन समेत अनुरोध छ । विद्युत आपुर्ति अवरुद्ध भएमा, विजुलिका पोलहरुमा क्षति पुगेमा वा पुग्न लागेमा भएमा विद्युत प्राधिकरण लामोसाघु प्रमुखको सम्पर्क ९८५१२०७६८६, चौतारा उपशाखा प्रमुखको सम्पर्क ९८४१४५३५८१ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।