सम्पर्क

भोटेकोशी इलेक्ट्रो हाइड्रो भत्किदा १० घाइते २ बेपत्ता प्रतिकुल मौसमका कारण उद्धारमा कठीनाइ

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका स्थित हिन्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर वेपत्ता भएका छन् भने अन्य १० मजदुर घाइते भएको समाचार प्राप्त छ ।
दिनभर वर्षा भएको कारणले ढलानभित्र पुरिएर बेपत्ता मजदुरलाई निकाल्न सकिएको छैन । घाइते १० मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घटना भएको थाहा हुन साथ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तत्काल घटनामा परेकाहरुका उद्धारका लागी सुरक्षा निकाय र स्थानीयहरु खटेको बताउँनु हुँदै घटना के कसरी भयो भन्दा पनि पहिले उद्धारमा जाने र त्यसपछी छानबिन हुने बताउँनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले घटना भएको थाहा पाउँन साथ जिल्ला स्थित सबै सुरक्षा निकाय बाह्रबिसे, हिन्दी, कोदारीका प्रहरी, नेपाली सेना शशस्त्र प्रहरी लगाएतका टोलीहरु खटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराईको नेतृत्वमा जिल्ला स्थित सुरक्षा निकायहरुले पुरीएका २ जनालाई निकाल्ने प्रयास भई रहेको छ भने घाइते १० मध्य ७ को धुलिखेल अस्पतालमा उपचार भइ रहेको छ ।
३ जनाको डिस्चार्ज भएको छ । प्रतिकुल मौसमका कारण उद्धार कार्यमा ुमूया परिरहेको छ । इलेक्ट्रो हाइड्रोपावरका उमेस पराजुलीले घटना घटेको जानकारी आउने बितिकै काठमाण्डौ बाट घाइतेहरुको उपचारको लागी अस्पताल लान हेलिकप्टर घटना स्थल गएको तर प्रतिकुल मौसमका कारण बस्न नसकेर घाइते नलिई फर्केको बताउँदै पहिलो प्राथमिकता पिडितलाई उपचार भएकाले आफुहरु त्यसैमा मात्र केन्द्रित रहेको बताउनु भयो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार वर्ष दिन अघिबाट निर्माण सुरु गरिएको जलविद्युत्को डिसेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किएर दुर्घटना भएको हो । ढलानको संरचनाभन्दा तल्लो भागमा फसेका दुईको अवस्था अझै खुल्न नसकेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । घाइतेलाई तत्कालै उद्दार गरेर उपचारर्थ बाह्रबिसे स्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ । केहीलाई धुलिखेल रिफर गरिएको छ भने ढलानको तल च्यापिएका दुई कामदारलाई उद्धार गर्न सुरक्षाकर्मी तल्लो भागमा पठाइएको छ । ’आयोजनाका घाइतेको अवस्था केहीको गंम्भीर देखिएको छ भने तल्लो भागमा च्यापिएका दुईलाई उद्धार गर्न सुरक्षकर्मीै खटिरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
प्रहरीका अनुसार घाइतेहरु बर्दियाका लहानु थारु, दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आईत बहादुर थामी, विजय थामी, गोपाल थामी, दिपक थामी आईतमान थामी, पदम बहादुर थामी, राम चन्द्र रिमाल र रोल्पाका सासन रोका मगर रहेका छन । बेपत्ता हुनेहरुमा बर्दियाका रामदिन थारु र सुमन थारु रहेका छन् । भोटेकोशी–१ आयोजनाले चीनको सीमा जोडिएको भोटेकोशी गाउँपालिका १, ३, ४ र ५ वडाको करिब ४ दशमलव २५ हेक्टर जमिन प्रयोग गर्ने लामो समयपछि अनुमति पाएको थियो । आयोजना इलेक्ट्रो पावर कम्पनी लिमिटेडले करिब ८ अर्बको लागतमा निर्माण गर्न लागेको हो । आयोजनाको डिसेन्डर संरचनालाई बचाउन माथिबाट लगाइने कभर स्ल्याबमा कामदार शुक्रबार काम गर्दै थिए । एक्कासी स्ल्याब भत्किन थालेपछि तल बसेर काम गरिरहेका कामदार च्यापिएका थिए ।