सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका शनिबार पनि खुल्ने भएको छ । बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानले एक सूचना जारी गर्दै नगरपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नगर विकास योजनामा स्वीकृत भई हालसम्म सम्झौता भई भुक्तानी हुन बाँकी रहेका योजनाहरुको भुक्तानी कार्य समयमै सम्पन्न गर्नुपर्ने भएकोले आगमी असार २२ गते (शनिवार) पनि सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु पनि खुल्ला रहने छ ।