क्रीकेट प्रशिक्षक प्रशिक्षण ललितपुर हातिबन मासम्पन्न
अजय धिताल ,सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रीकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा सस्थागत बिधालयका खेल शिक्षक(कोच)हरुको दुई दिने विद्यालय क्रीकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ ललितपुर हातिबन मा सम्पन्न भएको छ।सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघले ग्रस रुट क्रीकेट बिकासको पहिलो खुड्किला विद्यालय भएकोले विद्यालय बाट नै क्रीकेटको शुरूवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएकोहुँदा यो प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रीकेट संघका सचिब अजय कु.धितालले आफ्नो भनाइमा व्यक्त गर्नुभएको थियोे ।समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री माननीय युवराज दुलाल शरद ले सिन्धुपाल्चोक जिल्ला क्रीकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेर हेरेको र सिन्धुपाल्चोक क्रीकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको र त्यो पह...
