सम्पर्क

कोराबाटै नागरिकको सेवा दिदै जुगलका बिक

सिन्धु पाल्चोक जिल्लाको जुगल गाँउपालिकाका का प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर बिक अहीले उँहाकै पिता स्व बुद्धवीर विकको निधन भए पछी कोरामा बसेरै भए पनी कार्यलयको काम गरिरहनु भएको छ । २०८१असार १४ बाबू बुद्धवीर विकको मृत्यु भएपछि किरिया बस्नु भएका अधिकृत लोकबहादुरले आर्थिक वर्षको अन्त्यमा जनताको काम नरोकियोस् भनी कोरा भित्रैबाट सेवा दिनु भएको हो । २४गते सोमबार राती १२ बजे बाट भुक्तानी बन्द हुन्छ गाँउपालिकाका धेरै कामहरुको भुक्तानी दिन बाँकी छ नागरिकको हरेक समस्या हुन्छ त्यो समस्या समाधान गर्नु पनी दाइत्व भएको भन्दै बिकले सेवा दिनु भएको हो । असार मसान्तसम्ममा सबै कार्यक्रम सम्पन्न गरि भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले अहिले तिनवटै तहका सरकारलाई अन्तिम भुक्तानी दिन भ्याइनभ्याई छ । यस्तो भ्याइनभ्याई हुने समयमा पालीकाको प्रमुख प्रशासकीय अधिकृत नै किरिया बस्नुपर्ने भएपछि जुगलबासी कामको भुक्तानी नपाउने त्रासमा थिए । तर अधिकृत विकले जनताको काम रोकिन नदिन कोराभित्रैबाट सेवा दिनु भएको हो । अधिकृत विकको घर सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका छ । जुगल गाउँपालिकाको केन्द्रबाट करिब २ घण्टाको दुरीमा किरिया बसेका विकलाई पालिकाको योजना शाखाबाट फाइलको सम्पुर्ण काम गरिसकेपछस अन्तिम प्रमाणीतको लागि चौतारामै फाइल ल्याएर भुक्तानीका लागि अन्तिम रुप दिने गरिएको हो । असार अन्तिम उपभोक्ता हरु ले गरेको योजना सगै अन्य कार्य हरु को भुक्तानी पनि यहि समयमा गर्नुपर्ने हुन्छ। आशौच कै समयमा पनि जनताप्रति को दायित्व उहाँ ले भुल्नु भएको छैन। आशौच कै समयमा पनि जनताप्रति को दायित्व भुल्नु भएको छैन। स्व बुद्धवीर प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको अधिकृत लोक बहादुर लगायत सपरिवार मा गहिरो समवेदना प्रकट गर्दै उँहाको यो कार्यको सबत्र प्रशंसा गरिएको छ ।