नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले हरेक नागरिकको समस्यामा साथि बन्न सके मात्र मानवीय धर्म हुने बताउँनु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका चनौटे स्थित मेलम्ची, हेलम्बु र पाँचपोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुललाई केही दिनको अविरल वर्षाले क्षति पु¥याएकोले आइतबार सोही ठाउँको अवलोकन तथा स्थानीयहरुसँग भेटघाटका क्रममा यस्तो बताउँनु भएको हो ।बस्नेतले आफु १ नं. क्षेत्र २ नं. क्षेत्र भन्दा पनि नागरिकको समस्यासँग जुध्न जहाँ पनि जाने तर आफुलाई निर्वाचनमा मत दिएर बिजय गराएको निर्वाचन क्षेत्रमा भने जुनसुकै समयमा पनि नागरिकको समस्या समाधानमा लागि पर्ने र बिकासका कामहरुमा पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो ।
उहाँले हेलम्बु, पाँचपोखरी, मेलम्चीको बिकासका मुहार फेर्दे गर्दा यस्ता प्रकृति बिपतिले समस्यामा पार्न थालेको हुँदा यस समस्याको स्थायी रुपले समाधानका उपायहरुको खोजी गरि कार्यक्रम ल्याउँन पर्ने बताउँनु भयो । निर्वाचनका बेला पाटी भन्ने हो बिपतको बेला सबै पाटि मिलेर बिपदको सामना गर्न पर्ने बताउँदै बस्नेतले बिकास निर्माणमा सबै मिलेर जान पर्ने बताउँनु भयो ।उक्त अबलोकन तथा भेटघाट कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङले स्थानिय नागरकिहरुसँग कुरागर्दै जहाँ समस्या छ त्यहाँ माननीय मोहन बहादुर बस्नेतको उपस्थिती हुन्छ त्यो उपस्थितीसँगै स्थानीय बिकासका कार्यक्रमहरु हुन्छन् भन्नुहँुदै बिपदका बेला सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का ,नेपाली सेना, शसस्त्र प्रहरी सहितको टोली रहेको थियो । यसका साथै नेपाली काँग्रेस सिन्धुपाल्चोकको महासमिति सदस्य एवम् सुनकोशी गाउँपालिकाको पुर्व अध्यक्ष बिनोद जिसी रामकुमार थापा लगायतका समाजसेवीहरु वडाअध्यक्ष एवंम् स्थानीय नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।
