सम्पर्क

यौन तथा प्रजनन स्वास्थ्य अत्यन्तै गम्भीर बिषय होः श्रेष्ठ

यौन तथा प्रजनन स्वास्थ्य अत्यन्तै गम्भिर बिषय भएको जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य कार्यालयले बुधबार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानिय तहका उपाध्यक्ष, विद्यालय शिक्षक, विद्यार्थी लगायत सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्य शिक्षा अन्र्तगत यौन र प्रजनन स्वास्थ्य सम्बन्धि अहिले पनि बिद्यालय र समुदाय स्तरमा खुलेर बहस हुने गरेको पाइदैन, यसलाई लुकाएर लजाएर राखिने गरेको छ ।
यसकारण स्वास्थ्यमा गम्भीर समस्या आइपरेको छ । छात्रछात्रा दुबैमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी आबश्यक छ । यसका लागि स्थानीय तहका सरकारबाटै सबैलाई जानकारी गराउँन पर्ने आबश्यकता भएको बताउँनु भयो । जिल्ला भित्रका गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि यो कार्यक्रम गरेको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईंले बताउँनुभयो । उहाँले विद्यालय नर्स मार्फत विद्यालयका छात्रछात्रालाई आवश्यकता अनुसार मनोपरामर्श दिने, उनिहरुलाई गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुचना र परामर्श सेवाको पहुँचमा पुर्याउने, परिवारलाई यसबारेमा जानकारी दिने, महिनावारी स्वास्थ्य सेवा र सरसफाई सम्बन्धी गलत धारणालाई निरुत्साहित गर्ने उदेश्य राखेर काम गरीरहेको बताउँनु भयो ।
कार्यक्रममा अध्यक्षहरुको तर्फबाट बोल्दै बलेफी गाउँपालिकाका अध्यक्ष गंगा तामाङले यौन प्रजननका बारेमा शिक्षा क्षेत्रबाटै जानकारी गराएर समाजलाई सुसुचित गराउँनका लागी स्थानीय सरकारले पनी लागी परेको बताउँनु भयो ।
उहाँले यस्ता कार्यक्रमहरु सदरमुकाममा मात्र होइन गाउँगाउँमा पनि सञ्चालन गर्नपर्ने बताउँनु भयो । यसैगरी उपाध्यक्षहरुको तर्फबाट बोल्दै जुगल गाउँपालिकाका उपाध्यक्ष हिमाल श्रेष्ठले खाशगरी बालबालिकाहरुलाई मात्र होइन समाजका हरेक बर्गका ब्यक्तिहरुलाई पनि यस्ता किसीमका कार्यक्रमहरु गरेर जानकारी दिन आबश्यक भएको बताउँनु भयो । जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा ९ वटा गाउँपालिकाका मध्ये ८ वटा पालिकाका उपाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, शिक्षकहरु वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।