जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बिश्व जनसंख्या दिबस मनाइएको छ । जिल्ला समन्वय समितिको हलमा मनाइएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु सरकारी तथा गैर सरकारी संघ संस्थाहरको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले प्रत्येक बिकासको सुचाङ्कमा समावेशीतालाई अंगालेर जनसंख्याको आधारमा काम गर्न सकेमात्र सार्थक हुने बताउँनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले कुनै पनि राष्ट्रको जनसंख्या कति आवश्यक, पारिवारिक, आर्थिक अवस्था कस्तो रहने भन्ने कुराले विशेष महत्व लिने बताउँनु हुँदै वर्तमान अवस्था चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ यो दिवस सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम सहित मनाईएको हो । कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जनसंख्याको अवस्थाबारे जिल्लामा भए गरेका कार्यक्रम र गतिविधिको प्रतिवेदन पेश गर्दै जिल्लामा शिशु मृत्युदर र मातृ मृत्युदर न्यूनिकरण गर्न सफल भएको बताउँनु भयो । उहाँले २०७८ सालको जनगणना अनुसार २ करोड ९१ लाख २२ हजार ४ सय ८० रहेको, वाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८ सय ६६ जना रहेको र सिन्धुपाल्चोकमा २ लाख ६२ हजार २ सय ६४ जनसंख्या रहेको विवरण प्रस्तुत गर्नुभयो ।
जनसंख्याको मापनको आधारमा १९९९ मा ५ सय ३९ मात्रृमृत्युदर रहेकोमा हाल सिन्धुपाल्चोकमा ४ जना मातृमृत्यु रहेको जानकारी दिदै यहि तथ्यांकको आधारमा पछिल्लो चरणमा मातृमृत्यु र शिशु मृत्युदर कम भएको बताउँनु भयो । जनस्वास्थ्य कार्यालयका तिलक विकद्वारा सञ्चालित कार्यक्रममा नगर महिला सञ्जालकातर्फबाट गुणकेशरी श्रेष्ठले जनसंख्या सम्वन्धि चेतनामूलक गित र जुगल बोर्डिङ हाइस्कूलका छात्रा रिति घलेले वर्तमान सन्दर्भ र सन्देश झल्काई दिएको प्रवचनले कार्यक्रमको प्रभावकारीता बढाएको र उत्कृष्ट भन्दै उहाँहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको समापन गर्दै बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीले पहिले सिन्धुपाल्चोक जिल्लालाई चेलीबेटी बेच्ने जिल्ला भनेर भन्ने गथ्र्यो भने अहिले सिन्धुपाल्चोक जिल्ला धेरै परिवर्तन भई राम्रोमा गनिएको भएतापनि बालबिबाहमा भने रोक्न नसकेकोमा यसलाई कसरी रोक्ने भन्ने कुरामा ध्यान दिनपर्ने बताउँनु भयो ।