सम्पर्क

ब्रेकिङ न्युज २

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

ब्रेकिङ न्युज २, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि आज आयोजित सम्झौता कार्यक्रममा उहाँले भन्नुभयो, “हामी यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध छौं र लगानीकर्ताहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार छ ।” मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिनुभयो । उहाँले यो सम्झौताले दुई राष्ट्रबीचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गर्नुभयो । “यो नयाँ सूचना र प्रविधि उद्यमको स्थापनाको साक्षी हुँदा हामीले व्यापार सम्झौतामा हस्ताक्षर मात्...

जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सन्तोष सिग्देल ,ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकोे छ । गाँउपालिकाले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेको छ । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० वर्ष पुगेका जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम कार्यक्रम समावेश गरी पालिकाका १२ वटै वडामा उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । महिनाको एक पटक अर्थात हरेक महीनाको २१ गतेदेखी २५ गतेसम्म ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने गरीएको छ । स्वास्थ्यकर्मीले घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिनुका साथै आवश्यक परामर...

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि अन्सारीले शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा कतार सरकारले एसियन कोअपरेशन डाइलग(एसिडी)को तेस्रो शिखर सम्मेलन आयोजना गर्न लागेकामा मन्त्री भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली कामदारका लागि कतार एक प्रमुख गन्तव्य हो, ठूलो सङ्ख्यामा नेपालीका लागि रोजगारीका अवसर उपलब्ध गराएकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु ।” हाल कतारमा करिब तीन लाख ६७ हजार नेपाली विभिन्न पेशा व्यवसायमा कार्यरत रहेका जनाउँदै मन्त्री भण्डारीले सन् २०२१ मा नेपाली व्यवसायी सङ्घ कतारको स्थापनाले दुई देशबीचको आर्थिक सम...

ईन्द्रावती माध्यमिक विद्यालयमा किशोर–किशोरीहरुको समूह गठन

ब्रेकिङ न्युज २, समाचार
‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ जि.एफ.एफ परियोजनाअन्तर्गत सोमबार इन्द्रावती माध्यमिक विद्यालयमा किशोर–किशोरीहरुको समूह गठन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ स्थित रहेको इन्द्रावति माध्यमिक विद्यालय प्रधानाध्यापक रामकृष्ण तिमल्सिनाको संयोजकत्वमा सोही विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको भेलाबाट संगम माझीको संयोजकमा २५ सदस्यीय समूह गठन गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष, वडा सदस्य र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ को वडाध्यक्ष रोशनराज गिरीले विद्यार्थीहरुलाई आफ्नो शैक्षिक, समस्या राख्न आग्रह गर्दै वडाबाट दिनपर्ने सेवा सुविधा दिने प्रतिवद्धता जाहेर गर्दै त्यस विद्यार्थीहरुलाई ट्यूसन कक्षाको लागि वडाबाट सहयोग गर्ने बताउनुभयो । उहाँले ...

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नु हुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २४ भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्...

तीज गीत प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ द्धारा आयोजित गायन प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका ५ समूहबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका ७ वडा कार्यालय प्राङ्गणमा आईतबार भएको प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो, बालसुधार माध्यमिक विद्यालय–दोश्रो, भारतिथोक आमा समूह तेस्रो तथा देविस्थान आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सचिव मधुबिलास देवकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ,द्रोश्रोलाई ४ हजार ५ सय ,तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गायन प्रतियोगितामा गायक पदम दुलाल,गायिका सीता दुलाल र शिक्षिका रूक्मणी भट्टराईले निर...

भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा कार्की

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा नारायण बहादुर कार्की चयन भएका छन् । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति श्याम श्रेष्ठकोे प्रमुख आतिथ्यमा नगरको पहिलो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ । नव गठित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभापति श्याम श्रेष्ठले समाजवादको संरक्षणमा भूपूहरुको योगदान हिजो जति थियो आज पनि समाज सुधारमा सेवा निवृत्त भूपूहरुको उतिकै रहने बताउनुभयो । शनिबार चौतारामा भएको प्रथम अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति श्याम श्रेष्ठ, बिशेष अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापति टंक बहादुर कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विल बहादुर तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रदेश नं. (क) का...

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
वेदकोट (कञ्चनपुर), २३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उहाँ घरमा खानलाई मात्र तरकारीखेती गर्नुहुन्थ्यो । तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुट्नुभएको हो । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उहाँ सुनाउनुहुन्छ । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भन्नुभयो, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।” उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउनुहुन्छ । उहाँको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्...

चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
धरान (सुनसरी), २२ भदौ : चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आउनुभएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भन्नुभयो, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।” लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गर्नुभएको छ । “व्यापारको टुङ्गो हँुदै...