सम्पर्क

ईन्द्रावती माध्यमिक विद्यालयमा किशोर–किशोरीहरुको समूह गठन

‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ जि.एफ.एफ परियोजनाअन्तर्गत सोमबार इन्द्रावती माध्यमिक विद्यालयमा किशोर–किशोरीहरुको समूह गठन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ स्थित रहेको इन्द्रावति माध्यमिक विद्यालय प्रधानाध्यापक रामकृष्ण तिमल्सिनाको संयोजकत्वमा सोही विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको भेलाबाट संगम माझीको संयोजकमा २५ सदस्यीय समूह गठन गरिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष, वडा सदस्य र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ को वडाध्यक्ष रोशनराज गिरीले विद्यार्थीहरुलाई आफ्नो शैक्षिक, समस्या राख्न आग्रह गर्दै वडाबाट दिनपर्ने सेवा सुविधा दिने प्रतिवद्धता जाहेर गर्दै त्यस विद्यार्थीहरुलाई ट्यूसन कक्षाको लागि वडाबाट सहयोग गर्ने बताउनुभयो ।

उहाँले भिमटारमा एकघरएकधाराको व्यवस्था गर्न र माझी भाषा कक्षाको व्यवस्थापन गर्ने सहित किशोरकिशोरी समुहलाई बधाई समेत दिनुभएको थियो । कार्यक्रम जि.एफ.एफ परियोजना अन्तरगत वालविवाह न्यूनिकरण गर्ने उद्देश्यका साथ आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा सम्पन्न भएको थियो संस्थाको अध्यक्ष पानमाया तामाङको सभाध्यक्षमा भएको कार्यक्रम संचालन भने संस्थाका
संयोजक पुजा तामाङले गर्नुभएकोे थियो ।