सम्पर्क

भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा कार्की

 नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चौताराको अध्यक्षमा नारायण बहादुर कार्की चयन भएका छन् । शनिबार जिल्लाको सदरमुकाम चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति श्याम श्रेष्ठकोे प्रमुख आतिथ्यमा नगरको पहिलो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन गरेको छ ।
नव गठित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभापति श्याम श्रेष्ठले समाजवादको संरक्षणमा भूपूहरुको योगदान हिजो जति थियो आज पनि समाज सुधारमा सेवा निवृत्त भूपूहरुको उतिकै रहने बताउनुभयो ।

शनिबार चौतारामा भएको प्रथम अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति श्याम श्रेष्ठ, बिशेष अतिथि नेपाली कांग्रेस सिन्धुपाल्चोकको उप–सभापति टंक बहादुर कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विल बहादुर तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रदेश नं. (क) का सभापति केशव राज गिरी, नेपाल भुतपुर्व सैनिक संघका आमन्त्रित केन्द्रिय सदस्य भुपेन्द्र बहादुर थापा, भुतपुर्व सैनिक संघका प्रतिनिधिहरुलगायत नेताकार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो ।