सन्तोष सिग्देल ,ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकोे छ । गाँउपालिकाले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेको छ । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० वर्ष पुगेका जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम कार्यक्रम समावेश गरी पालिकाका १२ वटै वडामा उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । महिनाको एक पटक अर्थात हरेक महीनाको २१ गतेदेखी २५ गतेसम्म ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने गरीएको छ ।
स्वास्थ्यकर्मीले घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिनुका साथै आवश्यक परामर्श प्रदान गर्ने पनि गरिएको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिनुभयो । घरघरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत पालिकाका करिब १ हजार दुई सय ज्येष्ठ नागरिकले लाभ लिएका उहाँले बताउनुभयो । जेष्ठ नागरिक तथा अन्य उमेर समुहका शारीरीक रुपमा असक्तहरुको पनि जाँच गरि औसधि बितरण गरीएको उहाँले बताउनुभयो । पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायत आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको छ । सबै लाभग्राहीको छुट्टाछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।