सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका पिस्कर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । गाँउपालिकाको आ.व.२०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा उक्त कुराको जानकारी गराइएको हो । गाँउ पालिका अध्यक्ष भक्त ध्वज बोहरा को अध्यक्षतामा भएको उक्त गोष्टीमा पिस्कर स्वास्थ्य चौकी उत्कृष्ट भएको जानकारी गराइएको थियो भने दोस्रो घोर्थली स्वास्थ्य चौकी र तेस्रो टेकनपुर स्वास्थ्य चौकी भएको जानकारी गराइएको हो ।
स्वास्थ्य संयोजक चन्द्र नारायण शाहले अनुसार पालिकामा रहेका स्वास्थ्य कार्यलयहरु मध्यकाहरुले गरेका कामहरुको मुल्याङ्कन गर्दै कार्य सम्पादनका आधारमा उत्कृष्ट घोषीत गरिएको जानकारी दिनु भयो । कार्यक्रममा अध्यक्षता गरिरहनु भएका पालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले यो पटक पिस्कर उत्कृष्ट भयो अर्काे पटक अर्कै पनी उत्कृष्ट हुन सक्छ भन्नु भयो । उँहाले पालिकाको निती निर्णयअनुसार इमान्दारीताका साथ नागरिकको सेवा गर्नु र हरेक नागरिकमा स्वास्थ्यको पहुँच राख्नु पहीलो दाइत्व भएकाले यस तर्फ ध्यान दिएर काम गरिरहेका सबै स्वास्थ सस्थाहरुलाइ धन्यबाद दिदै त्यस मध्य पनी यस पटक पिस्कर पहीलो हुन सकेकोमा बिशेष धन्यबाद दिनु भयो । बोहोराले स्वास्थ्य सेवा चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन सहयोग गर्नु हुने जनप्रतिनिधि समाजसेवी कर्मचारी तथा महिला स्वास्थ्य स्व्म सेविका लगायत सबैमा धन्यबाद दिनु भयो । उत्कृष्ट पिस्कर स्वास्थ्य चौकीे दोस्रो घोर्थली स्वास्थ्य चौकी र तेस्रो टेकनपुर स्वास्थ्य चौकी लाइ प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गिता कुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत जय बहादुर वाइबा, जन स्वास्थ्य अधिकृत सुनिल तिमल्सिनाका २ न. वडा अध्यक्ष रमेश राउत, ६ न.वडा अध्यक्ष रमेश बोहरा, स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्य कर्मिहरु बिद्यालय नर्सहरुको उपस्थिति रहेको थियो । गाँउपालिकामा ६वटा स्वास्थ्य चौकी ५वटा सामुदायक स्वास्थ्य इकाइ, र १वटा आयोर्बेदीक चिकीत्सालय रहेको प्रमुख प्रशासकीय अधिकृत जय बहादुर वाइवाले जानकारी दिनु भयो ।
