सम्पर्क

दोहाम खुल्यो “नमस्ते एसिया रेष्टुरेन्ट”

दर्शन सुनार/ कतार

कतारको दोहाम “नमस्ते एसिया रेष्टुरेन्ट” खुलेको छ । सल्वा रोडमा रहेको बिएमडव्लु सोरुमको पारीपट्टी अल नाईफ सुक भित्र रहेको उक्त रेष्टुरेन्टको बुधबार रेष्टुरेन्टका स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने ब्यक्ती कफिल) ले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
बैदेशिक रोजगारीका लागि आकर्षक कर्मभुमी मानिएको मध्यपुर्वको देश कतारमा रोजगारी सगै ब्यबसाय गर्ने नेपालीहरुको संख्या बढ्दो क्रममा छ । विभिन्न ब्यवसाय मध्य होटेल ब्यवसायी पनि बढिरहेका छन् । होटल ब्यबसायमा पुराना तथा अनुभवी चितवनका श्याम पान्डे र सुदुरपश्चिम कैलालीका भुवन रोकायको संयुक्त रुपमा “नमस्ते एसिया रेष्टुरेन्ट“ संचालनमा ल्याउनुभएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै नेपालीहरुको बाक्लो बस्ती रहेको सनैया क्षेत्रको नजिक रहेको उक्त रेष्टुरेन्टमा अनुकूल मिल्नेहरूलाई होटलसम्म पुगेर एक पटक नेपाली स्वाद चाख्न अनुरोध गर्दै कफिलले व्यबसायिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
नेपाली स्वादमा विभिन्न परिकारका खाना सुलभ उपलब्ध रहेको संचालक पाण्डेले बताउनुभयो । उहाँले कतारका नेपाली रेष्टुरेन्टहरुमा आफ्नै लामो अनुभव रहेको हुदॉ सुलभ मुल्यमा खाना खुवाउन नमस्ते एसिया रेष्टुरेन्ट तयार रहेको बताउनुभयो ।
सफा र स्वच्छ खाना खुवाउने प्रतिबद्दता व्यक्त गर्दै अर्का संचालक रोकायले ग्राहकको चाहाना तथा सुझावलाई शिरोपर गर्दै परिमार्जित हुदै जाने बताउनुभयो । उद्घाटन कार्यक्रममा कतारमा रहेका पत्रकार, ब्यबसायी सहित दर्जनौ ब्यक्तिहरु उपस्थिती रहेको थियो ।
होटेलमा संघसंस्थाका बैठक तथा जन्मदिन लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्नका लागि आर्कषक हलको समेत रहेको छ ।
बैदेशिक रोजगारी, अध्ययन तथा व्यबसायीक शिलशिलामा करीब साढे तिन लाख नेपाली कतारमा कार्यरत रहेका छन् ।