मालिकादेवी कप चौथो संस्करण खुला फुटबलको उपाधि धार्पा युथ क्लबले उचाल्यो
चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको उपाधि धार्पा युवा क्लव बाह्रविसेले हात पारेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरस्थित दरबारडाँडा मैदानमा सुनकोसी गाउँपालिका वडा नं. ३ विरुद्ध ३– ० गोलको सहज जित निकाल्दै धार्पाले उपाधि उचालेको हो ।
विजेता धार्पाले मालिकादेवी कपसहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । उपविजेता सुनकोसीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार हात पार्यो ।
खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले जिते । उनले नगद १ हजार रुपैयाँ र टफी पुरस्कार पाए ।
धार्पाका सागर तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। धार्पाकै सुशन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र सागर लामाले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। सर्वाधिक गोलकर्तासहित चौतारा स्पोर्टिङका सन्दीप कार्की उत्कृष्ट स्टाइकर चुनिँदा सुनकोसीका आदेश सिवाकोटी र मृ...
