सम्पर्क

कालिदेवी माध्यमिक विद्यालयले मनायो आफ्नो ३९औं वार्षिकोत्सव

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ गाती स्थित श्री कालिदेवी माध्यमिक विद्यालयले आफ्नो ३९औं वाषिर्कोत्सव मनाएको छ । प्रमुख अथिती नेपाल सरकारको पुर्ब स्वास्थ तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेत र विशेष अथिती बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत रहनु भएको थियो । सो अवशरमा प्रमुख अतिथी तथा बिशेष अतिथीले जर्मनी संस्थाका बिद्यालयलाई सहयोग गर्नुहुने सहयोगिहरुलाई सम्मान समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु शिक्षकहरु सुरक्षा कर्मीहरू स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्देै प्रमुख अतिथी माननीय मोहन बहादुर बस्नेतले निशुल्क शिक्षा अहिलेको अती आबश्यक भइरहेको अबस्थामा सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिका लगाएतका पालिकाहरुबाट १२ कक्षा सम्म निशुल्क भइसकेको र अब देसभर लागु गराउँन आफु प्रयत्नशिल रहेको जानकारी दिदै आफ्नै हिलमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितीले समेत निर्णय गरेर सरकारलाई कार्यन्वयनका लागी माग गरिसकेको बताउँनु भयो । बस्नेतले सामुदायक बिद्यालयहरुमा दिइने शिक्षाको गुणस्तरियतामा अझ बढी ध्यान दिन पर्ने बताउँनु भयो । सो अबशरमा माननीय बस्नेतले असोज ११ र १२ गते आएको अबिरल बर्षाको कारण बाढी र पहिरोबाट मृत्युबरण गर्नु भएका देशै भरिका मृतक परिवाहरुहरुलाई राहत स्वरुप जनही पच्चीस हजार (२५०००) को दरले राहत सहयोग गर्न लागेको बताउँदै बिपदमा परेकाहरुलाई जे सकिन्छ सहयोग गर्ने नागरिक बचाउँने नागरिकको समस्याहरु पहीचना गरी समधानमा लाग्ने मात्र नागरिकको नेता हुने बताउँदै उँहाले सबैलाइ जहाँ बिपत त्यहाँ नेता भन्ने आफेनो बिचारलाई दोहोर्याउँनु भएको छ । कार्यक्रममा बिशेष अतिथी नगर प्रमुख बस्नेतले नगरपासिलकाबाट शिक्षा सिकाइका लागी बवेटको कमी हुन नदिएको बताउँदै नपुग भएमा थप बजेटको व्यवस्था गरिदिने तर शिक्षा सिकाइमा उपलब्धी हुन पर्ने बताउँनु भयो । उहाँले नगरपालिकामा कुनजै पनि कारणले शिक्षाबाट नागरिक बञ्चीत हुन नपरोस भनेर आफुले माननीय मोहन बहादुर बस्नेतको निर्देशनमा १२ कक्षा सम्म निशुल्क गरेको र बाह्रबिसेका सबै बिद्यालयहरुमा कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिदिएको दिवा खाजामा स्थानीय स्तरमा उत्पादित खाद्यन्न प्रयोग गर्नका लागी कृषीमा समेत सहयोग गरिरहेको बताउँदै उत्पादन पनि हुने, स्थानीय कृषकलाई आम्दानीको श्रोत पनी हुने बालबालीकाले पौष्टिक आहार पनी पााउने भएकोले यसतर्फ सहयोग गरेको बताउँनु भयो । जेष्टवेस्टर स्कुल ज्याम्नेजम, फ्राइवर्ग जर्मनि र श्री कालिदेवी माध्यमिक विद्यालयबीच सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।