सम्पर्क

नगर प्रमुख बस्नेत सबैको अभिभावक

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले एक गरिब परिवारका लागि सबैको अभिभावकनै बनेर सहयोग गरेको छ ।
बाह्रबिसे नगरपालिका वडा नं. ८ का एक गरिब परिवार सदस्यको निधन भएपछी संस्कारका लागि समेत खर्च नभएकाले नगर प्रमुख बालकृष्ण बस्नेतले खर्चको व्यवस्था गरिदिनु भएपछी उक्त परिवारले सदस्य गुमाएको पिडामा अबस्थामा हुदा सस्कार गर्नका लागि भएको समस्या समधानमा नगरपालिकाबाट गरेको सहयोगले आफुहरुले साँच्चीको अभिभावक भएको महशुस गरेको बताएका छन् । मृतकका पिता अकल बहादुर तामाङले नगर प्रमुख र उप प्रमुखले आफ्नो छोराको काजकिरिया लामा सस्कार अनुसार गर्नका लागी यसरी सहयोग गर्नु भएकोका हामी सबैको अभिभावक भएको महशुस भएको बताउँनु भयो ।
नगरपालिका स्थित बोमबोटोलका विशाल तामाङको असमायिक निधन भएपछि आर्थिक अवस्था कमजोरका कारण तामाङ सस्कार अनुसार सस्कारको कार्य गर्न कठिनाई भइरहेकोले नगर प्रमुखको बालकृष्ण बस्नेतले नगरपालिकाको तर्फबाट २० हजार सहयोग गर्नु भएको र उहाँकै निर्देशनमा नगर–उपप्रमुख मन्जु तामाङ वडा अध्यक्ष लगायत स्थानिय हिरा बहादुर तामाङको सक्रियतामा रु ४२ हजार ७०० गरी जम्मा ६२ हजार ७०० नगद सहयोग गरिएको छ । बिहिबार नगर उपप्रमुख मन्जु तामाङले नगद सहित आवश्यक खाद्यन्न सामाग्रीहरू हस्तान्तरण गर्नुहुँदै मृतकप्रति श्रद्धाञ्जली अर्पन गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै सहयोगी मनहरुप्रति सबैमा धन्यबाद व्यक्त गर्नुभएको छ ।