सम्पर्क

मालिकादेवी कपः आज सेमिफाइनल खेल हुने

जिल्लाकै चर्चित फुटबल प्रतियोगिता चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा बिहिबार भएका चार क्वाटर फाइनलका खेलपछि उपाधि होडका लागि अन्तिम चारको टुंगो लागेको हो ।
शुक्रबार (आज) पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोशी बी दिउँसो २ बजे खेल्ने छन् भने दोस्रो सेमिफाइनलमा स्पोर्टिङ र धार्पाबीच ३ः३० बजे खेल हुनेछ ।
बिहिबार भएको पहिलो क्वाटरफाइनलमा सुकुटे युवा चारण समाजलाई १–० गोलले पराजित गर्दै राई एफसी सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै सुनकोशी बी , पोखरे युवा समाजलाई ५–० गोलले हराउँदै चौतारा स्पोर्टिङ क्लब र र रोयल फेमेलिलाई २–० ले पराजित गर्दै धार्पा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सोमबाट सुरु भएको यस प्रतियोगिता कार्तिक १० गते शनिबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।