सम्पर्क

मेलचौर युवा जागरण समाजको पुरस्कार सुनकोसी की धार्पा लाइ ?

सिन्धुपाल्चोकजिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर खेल मैदानमा भइ रहेको चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामासुनकोसी बी र धार्पा युवा क्लब मध्य एकले११५५५५नगद सहीत चौथो संस्करणको मालिकादेवी कपमा उपाधि पाउँने भएको छ ।तर दुइ मध्य कसले पाउँछ भन्ने बिषयमा चाही फाइनल खेल पछी मात्र जानकारी पाइने छ । मेलचौर युवा जागरण समाजको अयोजनामा भएको खेलमा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिन लागेको हो । प्रतियोगितामा विभिन्न २१ टोलीले सहभागिता जनाएको जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार यो संस्करणमा पूर्वेली क्लव झापाको राई ब्याइजले समेत भाग लिएको छ ।मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार भएका सेमिफाइनलक खेल जित्दै सुनकोसी र धार्पाले उपाधि भिडन्त पक्का गरेका हुन् । यी टोलीबीच उपाधिका लागि शनिबार फाइनल खेल हुने छ ।प्रतियोगिताको बिजेताले उपाधि मालिकादेवी कपको साथमा नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार जित्ने छ । उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ हात पार्ने छ ।पहिलो सेमिफाइनलमा सुनकोसी बी बलियो टोली झापाको राई एफसीलाई पेनाल्टीसुट आउटमा ४–३ गोल अन्तरले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।सुनकोसीले आफूलाई अन्डर डग टोलीको रुपमा प्रमाणित गर्यो । विपक्षीका दुई पेनाल्टी सानदार बचाएका सुनकोसीका गोलकिपर मृगंककिरण सिंह म्यान अफ द म्याच घोषित हुन भयो ।दोस्रो सेमिफाइनलमा धार्पा पनि पेनाल्टी सुटआउटमा बाजी मार्दै उपाधि नजिक पुगेको हो । गोलकिपर सुनिल गोलेको उच्च प्रदर्शन प्रेरित धार्पाले चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ४–३ गोलको कठिन जित निकाल्यो । पेनाल्टीमा चौताराको दुई पेनाल्टी रोकेका गोले म्यान अफ द म्याच भए । यसअघि निर्धारित समयको खेल दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।मेलचौर युवा जागरण समाजले कात्तिक ५ गतेदेखि आयोजना गरेको प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको समापन समारोह र फाइनल खेल शनिबार पूर्वस्वास्थ्य एपम् सूचना तथा सञ्चारमन्त्री माननीय मोहनबहादुर बस्नेत को प्रमुख अतिथि र, बागमती प्रदेशका पूर्वभौतिक योजना तथा सामाजिक विकास पुर्ब मन्त्री माननीय युवाराज दुलालको बिशेष अतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा लगायत विशिष्ट व्यक्तित्वको अतिथ्यतामा स पुरस्कारण बितरण सहीत खेल समापन हुने भएको छ ।