सम्पर्क

सरकार परिवर्तनको कुरा हल्ला मात्रै हो ः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री माननीय रमेश लेखकले सरकार परिवर्तनको हल्ला गरेर अनाबश्यक भ्रम मात्रै फैलाएको बताउँनु भएको छ । मन्त्री लेखकले सरकार परिबर्तन हुने कुनै कुरै नभएको बताउँनु भयो । उँहाले सरकारले गरेका कामहरु लोकप्रियता हँुदै गएको हुँदा राम्रा काम गरेको देख्न नचाहने केही तत्वहरुले च्रम फैलाएको बताउँनु भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताउनुभएको हो ।गृहमन्त्री लेखकले यस प्रकारको हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताउनुभयो । उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडी बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।गृहमन्त्री लेखकले भन्नुभयो – ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडी कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडी बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ।’गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताउनु हुँदै देसको सम्बिधानमा साना ठुला सबैलाइ एउटै ब्यवस्था भएको र नियम कानुन पनी सबैलाइ एउटै भएको बताउँनु हुँदै गेर कानुनी काम गर्न कसैलाइ पनी छुट नभएको बताउँनु भयो । उँहाले सरकारको पहीलो काम भनेकै प्रथमिकताका साथ नागरिकलाइ सेवा दिनु हो यो सेवा बर्तमान सरकारले छिटो र छरितो दिएको बताउँनु भयो ।