सम्पर्क

तिहार नजीकीदै गर्दा बजार अनुगमन अखाद्य बस्तु नष्ट

सिन्धुपाल्चोक जिल्लाको साहयक प्रजीको रुपमा गणेश नेपालीले कार्यभार सम्हाले लगत्तै उद्योग तथा वाणिज्य कार्यालयमा पनी कार्यलय प्रमुख फेरीएको छ । नँया कार्यलय प्रमुखका रुपमा कार्य बहाली गरे सँगै कार्यालयप्रमुख त्रिपुरारी बख्रेलले बजारमा देखीने अखाद्य बस्तुकै कारण मानीसको स्वास्थ्यमा अशर परीरहेको र कालाबजारीहरुको बिगबिगी हुने गरेको बिशेष गरी उपत्यकामा भन्दा गाँउमा गुणस्तरहिन सामान हरु बिक्रीहुने गरेको हुन सक्ने भएकोले यस तर्फ अनुगमन गरी कार्बही अगाडी बढाउँन लाग्नु भएको छ । यसै सन्धर्भमा बिहीबार मात्रै ११००० भन्दा बढीका सामानहरु नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका मुख्य प्रशिक्षक प्रबिन बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसारसहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको संयोजकत्वमा २०८१कार्तीक ८ गते बसेको जिल्ला बजार अनुगमन समितिको बैठकबाट निर्णय भए बमोजिम सोही दिन उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, स्थानिय जनप्रतिनिधि लगायतका जिल्ला बजार अनुगमन समितिका टोलीबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ स्थित सिम्ले बजारमा रहेको होटलहरु तथा सोही नगरपालिका वडा नं. १३ स्थित कोट डाँडा बजारमा खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ स्थित सिम्ले बजारमा रहेका होटलहरुको अनुगमनको क्रममा वियर, वाईन, जुस, जम्बो कोक तथा स्प्राईट आदि मूल्य रु.९६५६ बराबरका म्याद नाघेको सामाग्रीहरु अनुगमन टोलीले जफत गरी आईन्दा यस प्रकारका गल्ति नदोहोर्याउन एक पटकलाई सचेत गराईएको थियो भने एकै प्रकारका गल्ती पुनः दोहोरिए कानून बमोजिम कार्वाहीको भागिदार हुने व्यहोरा समेत सूचीत गरिएको थियो । अनुगमन टोलिबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ स्थित कोटडाँडा बजारको अनुगमनको क्रममा खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरी म्याद नाघेका सामाग्रीहरु जफत गरी नष्ट गरेको थियो । सिम्ले बजार र कोट डाँडा गरी करिव ११०००÷– बराबरको जफत भएका म्याद नाघेको सामाग्री पत्रकार, स्थानिय जनप्रतिनिधि, प्रहरीको रोहवरमा नष्ट गरिएको थियो ।नियामक निकायहरुबाट हुने गरेका यस प्रकारका अनुगमन समय समयमा हुनु पर्दछ भन्ने उपभोक्ताहरुको माग रहेकोले यसलाई मध्यनजर गर्दै जिल्ला बजार अनुगमन समितिबाट नियमित रुपमा गाँउ गाँउमा पनी अनुगमन हुनुपर्ने देखिन्छ । (फोटों उद्योग बाणीज्य कार्यलय सिन्धुपाल्चोक को फेसबुक पेजबाट )