डडुवामा फस्टाउँदै ड्रागन फुड खेती
विदेश जाने खर्च गाउँमा नै गरे पनि वार्षिक १२, १५ लाख कमाउन सकिने स्थानीय कृषकहरूले बताउन थालेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ का ओम बहादुर बस्नेतले हाल ६ रोपनी जग्गामा ड्रागन फुड खेती गरिरहनु भएको छ । यो खेतीका लागी यो ठाउँ उ ठाउँ भनी रहन पर्दैन जुनसुकै माटो र ठाउँमा पनि यो खेती गर्न सकिने भएकाले आफूले यो व्यवसाय सुरु गरेको बताउनु हुँदै बस्नेतले आफूले ३० लाख लगानी गरेर बस व्यवसाय गरेको त्यो जमनामा महिनाको ५०, ६० हजार बच्ने गर्दा पनि आफूले बस बिक्री गरेर आफ्नै गाउँमा व्यवसाय गर्न खोजेको मा हरेक व्यवसाय गर्दा पनि चित्त नबुझेर अहिले यो व्यवसाय गर्दा चाही राम्रो सङ्केत देखिएको बताउनु भयो । बस्नेतले पहिले वर्षमा नै ३० ,४० हजार लिई सकेको बताउनु भयो । उहाँका अनुसार १२००वटा सिमेन्टको पोल बनाएर खेती गरिएको र एउटै पोलमा २०, २५ केजी सम्म फल दिने भएकाले यो खेतीबाट मनग्य आम...
