सम्पर्क

नेपाली काँग्रेस ईन्द्रावतीले गर्‍यो चियापान कार्यक्रम

नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम गरेको छ । शनिबार नवलपुरमा नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नरहेको बताउनुभयो ।
‘पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ गुट अधिवेशन को बेला मात्रै हुन्छ अधिवेशन सकिएपछि के को गुट लामाले भन्नुभयो’ गुट उपगुट केही छैन हामी कांग्रेसीहरु एक हनुपर्छ । लामाले पार्टी भित्रको तह तहको जिम्मेवारी पूरा गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
यसैगरी महासमिति सदस्य वंशलाल तामाङले यदि साच्चिकै कांग्रेस एकताबद्व हुने हो भने कांग्रेसलाई हराउन कसैले नसक्ने धारणा राखे । कांग्रेस को चुनौती भनेको कांग्रेस नै हो यहि समस्या ले गर्दा मात्रै निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आउँछ । त्यही भएकोले कांग्रेस एकताबद्ध भएर गयो भने कांग्रेस लाई कसैले पनि चलाउन नसक्ने बताउनुभयो ।
३२ सिटको पार्टी माओवादीले ठुला दललाई ब्ल्याकमेलिङ गरेर अस्वभाविक रूपमा सत्तामा पुगेको उनको भनाई थियो । सोहि कारण ठुला दल मिलेको उनले दाबी गर्नुभयो । नेपाली कांग्रेसको एकल बहुमत आएमा मात्र देशले निकास पाउने बताउँदै नेता तामाङले अवको पार्टी सभापती गगन थापा हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले आफुले सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताउँदै स्वास्थ्य उपचारमा सहुलियत दिलाउने प्रतिवद्वता समेत जनाउनुभयो । ‘सिन्धुपाल्चोकलाई मैले कहिले बिर्सने छैन किन भने सिन्धुपाल्चोक ले मलाई महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि बनायो नेता गोर्खालीले भन्नुभयो ।’
क्षेत्रिय सभापती तथा मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामाङले काँंग्रेस चलायमान बनाउन सबैको योगदान हुनुपर्ने धारणा राख्नुभयो । ’कांँग्रेस जिताउन मरिमेटेर लाग्छु’, तामाङले भन्नुभयो । कृयाशिल सदस्य आएको छ केहि विवादको कारण अहिले क्षेत्रमा नै छ अब सबै वडाका सभापति लाई बोलाएर अन्तरक्रिया छलफल गरेर कृयाशिल वितरण गरिने समेत तामाङले बताउनुभयो । कार्यक्रममा पुर्व जिल्ला उपसभापती तथा महासमिति सदस्य शिव सुनारले एकताको लागि चियापान कार्यक्रम गरिएको बताउनुभयो । रास्वापा सभापति लामिछाने विरुद्ध समेत खनिए नेता सुनार, रवि लामिछाने एउटा चटके भएको उहाँले औल्याउँदै उनले गल्ती गरेकै कारण अहिले कारबाही भोगिरहेको उहाँले बताउनुभयो ।

यस्तै पूर्व जिल्ला सचिव बिल बहादुर तामाङले चियापान कार्यक्रमले नेपाली काँंग्रेस एकै ठाउँमा उभिएको सन्देश दिएको बताउनुभयो । जिल्ला सभापतिमा लडेका दुई जनालाई आज एकै मंचमा देख्दा एकताको सन्देश दिएको बताउनुभयो । १४औं जिल्ला अधिवेशन का सभापति भएका जंग बहादुर लामा र सभापति कै अर्का प्रत्यासी बंशलाल तामाङलाई एकै मंचमासँगै उभिएको देख्दा कार्यकर्ता माझ उज्यालो छाएको उहाँले बताउनुभयो ।
महाधिवेशन प्रतिनिधि युवा नेता तामाङले समृद्ध र सुन्दर इन्द्रावती बनाउन सबै लागि पर्नु पर्ने समेत बताउनुभयो । कार्यक्रममा नेकपा एमाले इन्द्रावती का अध्यक्ष डबले लामाले विपि कोइराला असल नेता भएको बताउदै सामाजिक संजालमा नेता हरु विरुद्ध तथानाम गाली नगर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमको समापन गर्दै पालिका सभापती जीवन कुमार थापामगरले संगठन चलायमान बनाउन चियापान कार्यक्रम गरेको बताउनुभयो । साथीभाई भेटघाट हुने अवसर समेत जुरेको उहाँको भनाई थियो । दशै–तिहार अघि कार्यक्रम राख्ने भनिएतापनि विपद र महामारीका कारण कार्यक्रम ढिला भएको सभापति थापामगरले बताउनुभयो । कार्यक्रममा काँग्रेस इन्द्रावतीका उपसभापति अष्टमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अवसरमा नेकपा एमाले परित्याग गरि ईन्द्रावती –९ का नारायण तामाङ काँग्रेस प्रवेश गर्नुभएको इन्द्रावती गाउँपालिकाका सभापति जीवन थापामगरले जानकारी दिनुभयो ।