सम्पर्क

खेलाडीलाइ सम्मान गर्दै आलोपालो अग्रसर को ११ओ साधरण सभा सम्पन्न

आलोपालो अग्रसर बहुउद्धेश्यीय सहकारी सस्थाको ११ओ साधरण सभा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा र नगर सहकारी शाखाका प्रमुख दुर्गा ढुङ्गेलको बिशेष अतिथ्यतामा सम्पन्न ११औ साधरण सभाले नारायण प्रसाद गौतम लाइ अध्यक्षमा कायम राख्दै नयाँ कार्य समितीको समेत चयन गरेको छ । जसमा उपाध्यक्ष पार्बती सुवेदी, सचिब लिला ब. गिरी,कोषाध्यक्ष हरी ब. नेपाल रहनु भएको छ भने सदस्यहरुमा धन ब.श्रेष्ठ,बालकृष्ण गौतम , प्रकाश गिरी , हर्क ब. तामाङ, सुनिता गिरी , राजकुमार श्रेष्ठ, हेम बहादुर श्रेष्ठ रहनु भएको छ । यसै गरी लेखा तथा सुपरिवेक्षण समिती को संयोजक हरि बिक्रम नेपाल रहनु भएको छ भने सदस्यहरुमा लिला प्रसाद गौतम प्रमिला सापकोटा (चौलागाई) रहनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष राम प्रसाद गौतम ले आलोपालो अग्रसर बहुउद्धेश्यीय सहकारी सस्था ठुलो सिरुवारीको लागी अग्रणी सहकारीको रुपमा देखा पर्न लागेकोमा खुशी ब्यक्त गर्दै सहकारी सिद्धान्त र सहकारी बिनीयम अनुसार काम गरेको आफुले पाएको बताउँनु भयो । गौतमले सहकारी सस्था सञ्चालकहरुको सक्षम कार्य शैली भयो भने र सहकारी सिद्धान्त अनुसार चलाउँन सकीयो भने धेरै राम्रो हुने आर्थीक तथा व्यवसायीक क्षेत्रमा यसले ठुलो सहयोग गर्ने बताउँनु भयो । बिशेष अतिथि दुर्गा प्रसाद ढुङ्गेलले साधरण सभाबाट पारित निर्णयहरु कार्यन्वयन गर्दै सहकारी सस्थाहरु सँग सम्मन्वय गरेर सहकारीको बिकासका लागी नगरपालिका लागी परेको बताउँनु भयो ।   यसै गरी नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठ ले सहाकारी सस्थाहरु सफल असफल कुन बाटो बाट हिडीरहेका छन त्यसको निगरानी गरेर राम्रालाइ प्रोत्साहन र नराम्रालाइ कार्बाहकिो व्यवस्थागर्न पर्ने बताउँनु भयो । उँहाले सहकारी सस्थाहरुमा देखीएका समस्या समधानका लागी मंंसीर ७ गते नगर भरीका सहकारी सस्थाका व्यवस्थापकहरुको भेला बोलाइएको र सो भेलाबाट नगर सहकारी व्यवस्थापक सञ्जाल गठन गरिने समेत जानकारी दिनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जन्किनी उप–शाखका सभापति बेल बहादुर महतवडाका जनप्रतिनिधिहरु, पुर्ब जनप्रतिनिधिहरु ,शेयर सदस्य तथा समाजसेबि ब्याक्तित्वहरु सहकारीका अध्यक्ष हरु ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु , बिद्यालयका प्र.अ हरु,को उपस्थिती रहेको थियो । सस्थाका अभ्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बङलादेशमा हालै सम्पन्न भएको ५ औ अन्तरास्ट्रिय काराते प्रतियोगिता नेपाल प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल ५ जना खेलाडी नगद सहित सम्मान गरिएको थियो । यसै गरी एसइइ मा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक विद्यालयका ४ जना छात्र छात्रा लाई नगद सहित सम्मान,गरिएको थियो भने ७ जना उत्कृष्ट बचत कर्ता सम्मान,२जना असल ऋणी सम्मान गर्दै सम्पन्न गरिएको हो ।कार्यक्रममा ,अध्यक्ष नारायण प्रसाद गौतम वाट आ.व.०८०÷८१को प्रगति प्रतिवेदन ,भाबी कार्ययोजना, कोषाध्यक्ष हरि बहादुर नेपालवाट वार्षिक प्रतिबेदन २०८१ प्रस्तुत गरि सभामा पारित गरिएको सन्तोष गिरीले जानकारी दिनु भयो ।