कभ्रेपालाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं १२मा रहेको –श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभारक्तदान सहीत सम्पन्न गरेको छ । पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले सचिव रामकृष्ण कुँवर, कोषाध्यक्ष कल्पना कुँवर, लेखा सुपरिवेक्षण समितिकोसंयोजक कञ्चन भुजेलले प्रस्तु गर्नु भएको प्रतिबेदन सर्ब सम्मतले अनुमोदन गर्दै सम्पन्न भएको हो ।
१८ औं वार्षिक साधारणसभा शनिबार उद्धघाटन गर्दै प्रमुख अतिथी बाँसकोटाले केही ठूला सहकारीका सञ्चालकका कारण सहकारी क्षेत्रप्रति नकारात्मक धारणा बढेको बताउँनु भयो । उँहाले यस तर्फ सचेत गराउँदै सहकारी सस्थाका सञ्चालकले नीति नियममा रहेर सहकारी सञ्चालन गर्नुपर्ने, बचतकर्ताले नियमित अनुगमन र जानकारी लिनुपर्ने बताउँनु भयो । उँहाले सो अबशरमा जनताले खाइ नखाइ जम्मा गरेका रकमको दुरुपयोग गर्ने जो कोहीलाइ पनी कुनै पनी प्रकारको छुट नहुँने हुँदा यस तर्फ बिचार गरेर बचत गर्ने र गराउँने गर्नु पर्ने धाराणा राख्नु भयो । कार्यक्रममा बाँस्कोटाले सहकारीले गरेका कार्यको प्रशंसा गर्दै खराब ऋण नगन्य मात्रामा रहेको, सहकारीको नीतिनियमभित्र रहेर सञ्चालन भइरहेको बासडोल सामुदायिक नमुना सहकारी रहेको आफुले पाएकोे बताउँनु भयो । संस्थाका अध्यक्ष सुरेन्द्र महतको सभापतित्वमा भएको कार्यक्रममा १६ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो भने एसईई परिक्षामा सामुदायिक र निजी विद्यालयबाट उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । साधारणसभाकै अवसरमा सहकारी र नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखाद्वारा संयुक्तरुपमा आयोजित रक्तदान कार्यक्रमका रक्तदातालाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।कार्यक्रममा बनेपा १२ का वडा अध्यक्ष रामबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखाका सभापती मुकुन्द शर्मा वाग्ले, बहुउद्देश्यीय सहकारी संघबाट मञ्जु घिमिरे, महेन्द्रज्योति नारीचेतन सहकारीकी अध्यक्ष शारदा थापा, जमुनी गणेस साकोसका अध्यक्ष गोपाल बिस्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तब्यका क्रममा उँहाहरुले बासडोल सहकारीले गरेको कामको प्रशंसा गर्नु भयो । संस्थाका उपाध्यक्ष राजन थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव रामकृष्ण कुँवरले गर्नु भएको थियो ।साधारणसभाको बन्दसत्रमा सचिव रामकृष्ण कुँवरले आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन एवं आ.व.०८१÷०८२ को संसोधित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । अघिल्लो आर्थिक वर्षमा २०१ जना सदस्य थप भई गत असार मसान्तसम्म पुरुष १०६९, महिला १०४७, बाल सदस्य ३२७ र संस्थागत सदस्य २२ गरि कुल सदस्य संख्या २४६५ पुगेको कुँवरले सो अबशरमा जानकारी दिनु भयो । यसै गरी साधारणसभामा कोषाध्यक्ष कल्पना कुँवरले आ.व. ०८०÷०८१ को आर्थिक प्रतिवेदन एवं आ.व.०८१÷०८२ को संसोधित बजेट तथा कार्यक्रम पेश गर्दै संस्थाको शेयर पूँजी गत असार मसान्तसम्म २ करोड ३४ लाख ८५ हजार ७ सय पुगेको जानकारी दिनु भयो । सो अबशरमा उँहाले कुल निक्षेप १७ करोड ५५ लाख २७ हजार ९७५ तथा ऋण लगानी १७ करोड २७ लाख १७ हजार २७० रहेको जानकारी गराउँनु भएको थियो ।कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कञ्चन भुजेलले पेश गर्नु भएको थियो । साधरण सभाले सचिब, कोषध्यक्ष र सुपरिवेक्षण समितीको प्रतीबेदन सर्ब सम्मत पास गर्दै सभा समापन भएको थियो ।
