नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति सिन्धुपाल्चोकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। बलेफी गाउपालिका का अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख अतिथ्यतामा तथा नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठ बिशेष अतिथ्यतामा सभा सम्पन्न भएको हो ।
जिल्ला खेलकुद सघका अध्यक्ष राम कृष्ण दङ्गाल अन्तर्राष्ट्रीय निर्नायक श्री दुर्गामान लगाएतको अतिथ्यतामा भएको साधरण सभाको उद्धघाटन गर्र्दै प्रमुख अतिथी तामाङले खेलाडीहरु राष्ट्र्ीय गहना भएकाले खेल र खेलाडीको सम्मान गर्न सिक्न पर्ने बताउँदै अन्तराष्ट्रीय स्तरमा नेपालका तेक्वान्दो खेललाइ चिनाउँदै खेल जगतमा नेपालको शिर उच्च राख्न सफल प्रेम भण्डारीलाइ बिशेष धन्यबाद दिनु भयो । यसै गरी नेपाल तेक्वान्दो संघ बागमति प्रदेश सदस्य भाष्कर श्रेष्ठे तेक्वान्दो खेलाडी उत्पादनमा सिन्धुपाल्चोकको महत्वपुर्ण भुमिका रहेको र त्यसम प्रेम भण्डारीको ठुलो हात रहेको बताउँनु भयो ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती सिन्धुपाल्चोकका अध्यक्ष श्री प्रेम भण्डारी को सभापतीत्वमा सम्पन्न सभामा तेक्वान्दो जिल्ला कार्य समिति सिन्धुपाल्चोक का पदादीकारी हरु लगायत तेक्वान्दो खोलाडीहरुको समेत उपस्थिति रहेको थियो
