सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका न्यायीक समितीका पदाधिकारीहरु तथा जन प्रतिनीधीहरुलाइ क्षमाता बृद्धीका लागी तालीम सञ्चालन गर्न लागीएको छ ।
नगर उप प्रमुख तथा न्यायीक समितीका संयोजक मन्जु तामाङको प्रमुख अतिथ्यतामा सुकुटेमा भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । तिन दिन सम्म चल्ने उक्त तालिमको उद्धघाटन गर्दै उप प्रमुख मन्जु तामाङले देस संघीयतामा गए पछी स्थानीय सरकार को प्रकृया सँगै न्याय दिने सम्बन्धमा पनी स्थानीय सरकारका उप प्रमुख तथा उपाध्यक्षहरुको संयोजकत्वमा स्थानीय स्तरमा हुने साना तिना बिबादहरु समधान गर्नका लागी न्यायकि समिती बनेको र त्यही समितीले काम गर्दे आएको बताउँनुभयो । उँहाले न्यायीक समितीबाट हुन पर्ने कामहरुका बारेमा सबैले जानकारी प्राप्त गरेर काम गर्न सक्यो भने यसको प्रभाबकारिता हुने भएकाले यस्ता तालमिहरुका कारण यो कार्यमा ठुलो सहजता हुने हँुदा यो तालीमको आबश्यक भएको बताउँनु भयो । उँहाले कमलको फुल महीला बहउद्धेश्यीय सहकारी सस्थाले तालीमको व्यवस्था मिलाएकोमा धन्यबाद समेत दिनु भयो ।
टेवा नेपाल धापाखेलको आर्थीक सहयोग , बाह्रबिसे नगरपालिकाको सम्मन्वय र कमलकोफुल बहुउद्धेश्यीय सहकारी सस्थाको आयोजनामा स्थानीय तहका निर्बाचित जन प्रतिनिधीहरु र न्यायीक समितीका सदस्यहरुका लागी क्षमता अभिबृद्धी तालीम कार्यक्रम सुकुटेमा शुक्रबार,शनीबार र आइतबार गरि तिन दिन सम्म चल्ने छ । कमलकोफुल बहुउद्धेश्यीय सहकारी सस्थाका अध्यक्ष सिता पौडेलको सभापतीत्वमा भएको कार्यक्रममा बाह्र्बिसे नगरपालिका वडाअध्यक्ष रेशम बहादुर तामाङ, वडा नं ३का वडा अध्यक्ष जिबन कुमार भण्डारी,वडा नं ४का वडा अध्यक्ष शेखर बहादुर भण्डारी वडा नं ५का श्याम बहादुर तामाङ लगाएत न्यायिक समितीका पदाधिकारीहरु,जनप्रतिनिधीहरु तथा कर्मचारीहरुको उपस्थितीमा सुकुटे रिभर साइड रिसोर्टमा भएको कार्यक्रमको सञ्चालन भने सहकारीका उपाध्यक्ष निर्मला तिमिल्सिनाले गर्नु भएको थियो ।
