स्थानीयको आस्थासँग जोडिएका सबै धर्म, संस्कृति को संरक्षणका लागी आफुले गर्न सक्ने सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । शुक्रबार बस्नेतले बाह्रविसे नगरपालिका वडा न ७ स्थित फाम्तिङ्ग गुम्बाको उद्द्घाटन गर्नु हँुदै उँहाले यस्तो बताउँनु भएको छ ।बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङमा नवनिर्मित फाम्तिङ गुम्बाको उद्घाटन गर्दै प्रमुख अतिथीको आशनबाट बोल्दै बस्नेतले धार्मिक पर्यटनबाट बाह्रबिसे नगरको बिकास गर्न सकिने बताउँनु भयो ।उँहाले गुम्बाको पुनर्निर्माणमा बाह्रबिसे नगरले पनि सहयोग गर्ने बताउँदै गुम्बाको ब्यबस्थापनमा पनि जोड दिने प्रतिबद्धता गर्नु भएको छ ।तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग, स्थानीय जनताको स्रोत र चन्दा संकलन गरेर गुम्बाको पुनर्निर्माण गरिएको हो । हालसम्म तीन करोड खर्च भएको निर्माण समितिले जानकारी दिएको नगर प्रमुख बालकृष्ण बस्नेतको सचिवालयबाट जानकारी प्राप्त भएको छ । (फोटो सचिवालयको फेसबुकबाट)