बागमती प्रदेश सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त संयन्त्रको बैठकले मन्त्रीहरुको आचार संहिता अविलम्व तयार गर्न सरकारलाएइ अनुरोध गरेको छ । नेपाली काँग्रेसको तर्फबाट निर्बाचित बागमती प्रदेस सभा सदस्य पुर्ब मन्त्री रामकृष्ण चिबकारका अनुसार २२गते बागमती प्रदेश सत्तापक्षीय नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त संयन्त्रको बैठकबसी महत्वपूर्ण बिषयहरुमा छलफल गरि सिघ्र कार्यान्वयनको लागि प्रदेश सरकारलाई सुझाव दिने निर्णय गरिएको हो ।
बैठकले मन्त्रीहरुको आचार संहिता अविलम्व तयार गर्ने,प्रदेश सरकार संचालन गर्न अत्यावश्यक बिधेयक तथा संशोधन गर्नु पर्ने ऐनहरुको मस्यौदा तयार गरि प्रदेश संसदको आगामी शितकालिन अधिवेशनमा बिजिनेश पेश गर्न सुझाव दिने,बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकहरुलाई यथासिघ्र आवास पुनःस्थापना गर्न र प्रदेश सरकारको कार्यक्षेत्र भित्रको क्षतिग्रस्त भौतिक संरचनाहरु तत्काल पुनःनिर्माण गर्न संघीय सरकार मातहतको प्रधानमन्त्री विपद व्यवस्थापन कोषको रकम परिचालन गर्न संघीय सरकारसंग समन्वय गरि कार्ययोजना सहित अविलम्व पुनःनिर्माणको कार्य अघि बढाउन ध्यानाकर्षण गराउने,बिपद प्रभावित पालिकाहरुमा प्रदेश सरकारबाट बिनियोजित वजेट कार्यक्रमहरू गत असोज ११ र १२ गतेको बाढीपहिरोको प्रभाव हेरी आवश्यक संशोधन गर्न यथासिघ्र कानूनी प्रवन्ध गर्न सुझाव दिने,प्रदेश सरकारले १०० दिन भित्र सम्पादन गरेका काम यथासिध्र प्रकाशित गर्न सुझाव दिने लगाएतका निर्णयहरु भएको समेत जानकारी दिनु भयो बैठकमा मा.रामकृष्ण चित्रकारः उपनेता नेपाली काँग्रेस,मा.गोविन्द लम्सालः मुख्य सचेतक नेपाली काँग्रेस,मा.मधुसुदन पौडेलः प्रमुख सचेतक नेकपा(एमाले),मा.केशव पोखरेलः प्रदेश सदस्य नेकपा(एमाले),मा.रामकुमार पहारीः प्रदेश सदस्य नेपाली काँग्रेसको उपस्थिती रहेको चित्रकारले जानकारी गराउँनु भयो ।
