विदेश जाने खर्च गाउँमा नै गरे पनि वार्षिक १२, १५ लाख कमाउन सकिने स्थानीय कृषकहरूले बताउन थालेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ का ओम बहादुर बस्नेतले हाल ६ रोपनी जग्गामा ड्रागन फुड खेती गरिरहनु भएको छ । यो खेतीका लागी यो ठाउँ उ ठाउँ भनी रहन पर्दैन जुनसुकै माटो र ठाउँमा पनि यो खेती गर्न सकिने भएकाले आफूले यो व्यवसाय सुरु गरेको बताउनु हुँदै बस्नेतले आफूले ३० लाख लगानी गरेर बस व्यवसाय गरेको त्यो जमनामा महिनाको ५०, ६० हजार बच्ने गर्दा पनि आफूले बस बिक्री गरेर आफ्नै गाउँमा व्यवसाय गर्न खोजेको मा हरेक व्यवसाय गर्दा पनि चित्त नबुझेर अहिले यो व्यवसाय गर्दा चाही राम्रो सङ्केत देखिएको बताउनु भयो । बस्नेतले पहिले वर्षमा नै ३० ,४० हजार लिई सकेको बताउनु भयो । उहाँका अनुसार १२००वटा सिमेन्टको पोल बनाएर खेती गरिएको र एउटै पोलमा २०, २५ केजी सम्म फल दिने भएकाले यो खेतीबाट मनग्य आम्दानी हुने बताउनु भयो । अहिले नै प्रतिकिलो ५००भन्दा बढीमा बेच्न सकिने भएकाले पनि आम्दानीको मुख्य श्रोत बनेको बताउनु भयो । वर्षको २पटक वैशाख ज्येष्ठ र असोजमा उत्पादन हुने र एक पटकमा कम्तीमा पनि १०,१२ लाख आम्दानी गरिने भएकाले वार्षिक २५,३०लाख हुने बताउनु भयो । यसका लागी सुरुमा खर्च लाग्ने तर उत्पादन सुरु भएपछि खासै रेखदेख बाहेकको खर्च नहुने भएकाले यो अत्यन्त उत्तम उपाय भएको बताउनु भयो । उहाँले विदेश जानका लागी पनि लगानी चाहिन्छ , त्यो लगानीका लागी बैङ्क तथा अन्य व्यक्ति हरुले सजिलै लगानी गर्छन् तर कृषिमा लगानी गर्न गाह्रो मान्छन् यो लगानीका आधारमा हेर्ने हो भने आफ्नै गाउँमा उत्पादन गरेर विदेशमा कमाएको जति कमाउन सकिने बताउनु भयो । बस्नेतले यसरी स्वदेशमा नै काम गर्नेका लागी स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । आफूले व्यवसाय सुरु गरेको दिन देखी सबैलाई विदेश जान भन्दा यही पेसामा काम गर्न आग्रह गरेको बताउँदै यस वर्षको असोज महिनामा भएको बर्सादका कारण भएको क्षतिको अनुगमन समेत नगरेको ले स्थानीय सरकारले यस्ता उत्पादनमुखी कृषकलाई मनोबल उच्च राख्न पर्नेमा मनोबल गिराउने काम गरेकोमा दुख लागेको बताउनु भयो । उहाँले यो कार्यका लागी सिचाइ,पहिरो नियन्त्रणको व्यवस्था गरिदिन आग्रह गरेको बताउनु भयो । आफूले चाहेको सहयोग नभएको प्रति गुनासो गर्दै जति भने पनि नहुने भए पछि बस्नेतले पहिरो गए पछि पहिरो नियन्त्रण गर्दिन कसैलाई पनि नभनेको र कसैले चासो नदेखाएको बताउनु भयो । उहाँले यस वर्ष नगरपालिकाबाट रु ४लाख रुपैयाँ तार बारका लागी सहयोग गर्ने भनिएको छ तर अहिले सम्म तार वारको व्यवस्था भएको छैन भन्दै सिचाइ,र तार बारका लागी सरकारले सहयोग गरिदिने हो भने यो खेती बिस्तार गरेर नमुनाका रूपमा प्रस्तुत हुन सक्ने समेत बताउनु भयो । यसका साथै उहाँले घर अगाडी बेमौसमी फलफूलहरू कागती ,सुन्तला ,मेवा, हरियो तरकारी रायोको साग,काउली को खेती गर्नु भएको छ । दैनिक ५० देखी सय मुठा सम्म साग बेच्ने गरेको र कागती तथा विभिन्न फलफूल बाट सोचे भन्दा बढी आम्दानी हुने भएकाले यो खेती तर्फ लाग्न सबैमा अनुरोध गर्दछु भन्नु भयो ।
उहाँले आगामी वर्ष फलफूल तथा साग बिक्रीबाट आफ्नो व्यवहार चलेको बताउनु भयो । उहाँले आगामी वर्ष देखी फलफूल तथा साग सब्जी बिक्रीबाट मात्रै वार्षिक ५,६ लाख आम्दानी गरिने र ड्रागन फुडबाट २५, ३० लाख आम्दानी गर्ने योजनामा लागेको बताउनु भयो । यो उदाहरणीय कार्य हो यसका लागी स्थानीय स्तरमा रोजगारका लागी स्थानीय सरकारले प्रोत्साहन दिएर विदेश पलायन हुने सीपलाई स्थानीय स्तरमा नै प्रयोग गर्न सके स्थानीय कृषि योग्य जमिन बाँझो पनि नहुने जङ्गली जन्तुहरूबाट कुनै नोक्सान पनि नहुने स्वदेशमा नै रोजगारको व्यवस्था हुने भएकाले यस्ता व्यवसाय गर्नेहरूको लागी सरकारले सहयोग गर्न पर्ने बताउनु भयो ।
