लघुकथाको फेसबुक पेज लघुकथा प्रतिष्ठान नेपालले शुभकामना आदान प्रदान सहित बिविध कार्यक्रम गर्दै तेस्रो वार्षिकोत्सव मनाएको छ । प्रथम चरण अन्तर्गत पेजले लघुकथा आह्वान गरेर लघुकथा प्रतियोगिता सम्पन्न गरेको थियो । जसमा पहिलो चरणबाट उत्कृष्ट १५ लघुकथाको छनौट गरिएको थियो । त्यसमध्ये नारायणप्रसाद निरौलाको पहिचान लघुकथा सर्वोत्कृष्ट भएको थियो । वार्षिकोत्सवको अवसरमा पेजले बुढ्यौली साहित्य समाज सप्तरीको आयोजनामा यहि कार्तिक ३ गते कंचनपुर सप्तरीमा कार्यक्रम सम्पन्न भयो । बुढौली साहित्य समाज सप्तरीका अध्यक्षको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा सप्तरी शिक्षा समन्वय इकाईका प्रमुखले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने खेमराज पोखरेल ,गोपाल संग्रौला आदि विशेष अतिथिहरूको भूमिकामा हुनुहुन्थ्यो ।
कार्यक्रममा रमेन्द्र कोइराला , निरज कोइराला , पुण्य कार्की र ललिता झाले खेमराज पोख्रेलको एकालाप लघुकथा सङ्ग्रहको समीक्षा गर्नु भयो भने पूर्व क्षेत्रका लघुकथाकारहरू रोशन पराजुली , शुक्रराज कुँवर , अनु विज्ञति ,सीता रेग्मी,शारदा दहाल भण्डारी,उमा सिजापती आदिले लघुकथा वाचन गर्नु भएको थियो । सो कार्यक्रम पूजन न्यौपानेले सञ्चालन गर्नु भएको थियो । कोशी लघुकथा समाज फेसबुक पेजको आयोजनामा मासिकरूपमा सञ्चालित लघुकथा प्रतियोगिताको नतिजा पेजले सार्वजनिक गरेको छ । पर्व र खुसीझ विषयमा असोज महिनामा सञ्चालित सो प्रतियोगितामा रन्जना पराजुली लम्साल, गंगा खड्का र ललिता दोषीका लघुकथा उत्कृष्ट तीन छनौट भएका थिए । लघुकथा छनौटका लागि निर्णायक समितिमा रमेन्द्र कोइराला , विनोद नेपाल र ममता मृदुल रहनु भएको थियो । कार्तिक महिनाका लागि प्रतियोगिताको विषय ’तिहार’ रहेको कोशी लघुकथा समाज फेसबुक पेजले जनाएको छ । लघुकथा प्रतिष्ठान पोखराको ६६ औं नियमित मासिक लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । २०७४ साल चैत्र १० गते भएको साहित्यकारहरुको व्यापक छलफलपछि लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा हरेक महिनाको दोस्रो शनिवार नियमित लघुकथा वाचन हुँदै आएको छ । २०८१ साल कार्तिक १० गते शनिबार पश्चिमाञ्चल माध्यमिक विद्यालय गैह्रापाटन पोखरामा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लक्ष्मी थापा, धर्मराज पौडेल अल्पायु, टेकनाथ पोखरेल पीडित, स्ट्रगल राना, लक्ष्मी देवकोटा, काजी गाउँले, लक्ष्मण गौतम ’हिमाली ’, गीता तिवारी, विष्णु प्रसाद बाँस्तोला, ढाकामोहन बराल, अल्पविराम पोखरेली, लक्ष्मण थापा र कल्याण पन्तले आ आफ्ना लघुकथा वाचन गर्नु भयो । उक्त अवसरमा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तले संस्थाको गतिविधिबारे प्रकाश पार्नु भयो । सो कार्यक्रम प्रतिष्ठानका सचिव अमृत क्षेत्रीले सन्चालन गर्नु भएको थियो ।
स्रष्टा रामराजा केसीको लघुकथासङ्ग्रह कुहिरोभित्रको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्तिक ११ गते आइतबार स्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम प्रविधिका माध्यमवाट सम्पन्न भएको हो। कार्यक्रममा वन्दना घिमिरे, इन्दिरा चापागाईँ, डा. शेखरकुमार श्रेष्ठ र डा. कुसुमाकर शर्मा गौतम परिचार्चाकारको रूपमा उपस्थित हुनुहुन्थ्यो । परिचर्चाकारहरूले किताबको नामको सार्थकता खोज्दै सङ्ग्रहभित्र समेटिएका लघुकथाहरूलाई सिद्धान्तको कसीमा राखेर परिचर्चा गर्नु भएको थियो । समग्रमा ३७ वटा लघुकथा समेटिएको उक्त सङ्ग्रहमा कृतिकारले समसामयिक , पारिवारिक , यौनविषयक , सामाजिकजस्ता विविध विषयलाई उठान गरेका छन् । लघुकथाहरू फरक स्वादका रहेका छन् । भाषा शुद्ध र सरल छन् । चेतना प्रवाह शैलीको प्रयोगले लघुकथा सान्दर्भिक बनेका छन् । लघुकथामा व्यक्ति , समाज र राष्ट्र बोलेको पाइन्छ । सरल रेखीय र अविधा अर्थमा लघुकथा बुनिएका छन्। अधिकांश लघुकथाहरू बन्द समापनमा छन् । परम्परागत भोगाइलाई चित्रण गरिएको छ । नारीप्रति लेखकको दृष्टिकोण सम्मानजनक देखिन्छ । मिथक र प्रतीक शैलीको प्रयोग गरिएको छ । लघुकथाहरू पूर्ण छन् आदि विशेषताहरू केलाउनु भयो साथै लघुकथाकारले नवीन विषयको खोजी गर्नु पर्ने , लघुकथा चुट्किला नबनोस् भनेर सचेत रहनुपर्ने , आयामका दृष्टिले लघुकथा कमजोर नबनुन् । खुल्ला समापन र लक्षणा अभिव्यक्तितिर पनि स्रष्टाले उन्मुख हुनुपर्ने , आगामी दिनमा लेखनमा परिष्कारको पनि अपेक्षा रहेको बताउनु भयो ।
विश्वराज अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा लघुकथा गान बजाएर कार्यक्रम सुरू गरिएको थियो । कार्यक्रममा अतिथि लता के सीले कृतिकारलाई कृतिगत सफलताको लागि शुभकामना र आशीर्वाद दिनु भयो । अर्का अतिथि रञ्जु खनालले आफूले देखेका भोगेका घटनाहरू साहित्यमा आउने गर्छन् भन्ने धारणा राख्दै कृतिकार के सीलाई बधाई दिनुभयो ।
कार्यक्रममा कृतिकार के सी ले साहित्य बुझ्दै गएपछि यसको नशा लागेको र समाजलाई उँभोगति दिन साहित्य रच्ने बताउँदै अग्रजहरूको यस्तो प्रेरणालाई सकारात्मकरूपमा लिनुभयो । आयोजक पक्ष र सहभागीप्रति आभार व्यक्त गर्नु भयो । लघुकथाकार कुमार काफ्लेको सपना कतिपय लघुकथासङ्ग्रहको विमर्शन कार्यक्रम सम्पन्न भएको छ । सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कार्तिक २२ गते बिहिबार, सम्पन्न भएको हो। भक्तपुरको ख्वपच्छेँ रेस्टुरेन्टमा समाजका सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षमा लघुकथा गान बजाएर कार्यक्रम सुरू गरिएको थियो । कार्यक्रममा डा. हिमलाल श्रेष्ठले उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै मन्तव्यको क्रममा सपना कतिपय कृतिले लघुकथाको क्षेत्रमा एउटा ईँटा थपेको धारणा राख्नु भएको थियो ।
डा. विदुर चालिसेले शुभकामना मन्तव्यको क्रममा आफैँले सम्पादन गरेको सपना कतिपय कृतिमा प्रस्तुती र शैलीको हिसाबले लघुकथाहरूमा अन्तरभेद पाइने र पूर्णप्रसादको झिल्का लघुकथासङ्ग्रहको आलोकमा लेखिएको बताउनु भयो ।
कार्यक्रममा विमर्शक डा. हरिप्रसाद भण्डारी र इन्दिरा चापागाईँले कृतिमाथि विमर्श गर्नु भएको थियो । उहाँहरूका अनुसार कृतिभित्रका ५४ वटा लघुकथामा विविध विषयवस्तु समेटिएको , फरक फरक स्वाद पस्किएको , अधिकांश लघुकथाका पात्रहरू विद्रोही स्वभावका रहेको , सरल रेखामा लघुकथाहरू बुनिएको, सबै लघुकथाहरू बाह्य दृष्टिविन्दु प्रयोग भएको , कृतिको नाम सपना कतिपय आकर्षित रहेको, समाज परिवर्तनको प्रयोजनले लघुकथाहरू लेखिएका , भाषामा शुद्धता र शैलीमा मिठास पाइएको बताउनु भयो साथै व्यङ्ग शैली र उखान टुक्काको प्रचुर मात्रामा प्रयोग गरिएको लघुकथाहरू उत्कृष्ट रहेका बताउनु भयो ।कतिपय लघुकथाहरू आयामका दृष्टिले कमजोर रहेका , वाक्य विस्तार भएका र लेखकीय विचारको प्रभाव रहेका सूक्ष्म कमजोरीहरूलाई आगामी दिनमा परिष्कार गर्ने मार्ग निर्देशन गर्नु भएको थियो । स्रष्टा दीपक लोहनी र लीलाराज दाहालले पाठकीय दृष्टि प्रस्तुत गर्दै उठान , समापन र संवाद शैलीको प्रयोगले कृति उत्कृष्ट रहेको बताउनु भयो । कार्यक्रममा कृतिकारले लेखकीय मन्तव्य प्रस्तुत गर्नु भयो । आफ्नो व्यक्तिगत पहिचान र लेखनको यात्राबारे बताउँदै आयोजक र उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले स्रष्टाहरूकै आवाज सुन्न यस कार्यक्रमको आयोजना गरिएको र सफल भएको बताउँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
प्रस्तोता पद्मा खयरगोलीले कुशलतापूर्क सञ्चालन गर्नु भएको सो कार्यक्रममा आयोजकका तर्फबाट कृतिकार काफ्लेलाई कदरपत्र प्रदान गरिएको थियो ।
२०८१, कार्तिक महिनामा हाम्रो लघुकथा केन्द्रमा प्रवेश हुने नयाँ लघुकथाकारहरू ,
लक्ष्मण नेवटिया
सुशान्त के. सी.
प्रमोद नेपाल रहनु भएको जानकारी केन्द्रका अध्यक्ष लता
के. सी .ले गराउनु भएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले लघुकथा साहित्यिक महोत्सव –२०८१ सम्पन्न गरेको छ । मञ्चले कार्तिक १० गते चितवनको जुमेरा होटेल एण्ड लजको सभाहलमा विविध कार्यक्रमहरूको आयोजना गरेको थियो । मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी (कृष्णजी शर्मा)को सभाध्यक्षमा सञ्चालित सो कार्यक्रममा , कार्यक्रमका प्रमुख अतिथि प्राडा चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा डा. विदुर चालिसेको शताब्दम महाशक्ति ,गोपाल अश्कको लघुकथा प्रक्रिया र पाठ , मञ्चको वार्षिक स्मारिका लघुकथाको सुगन्ध अङ्क ६ लगायत २६ थान लघुकथाकृतिको विमोचन गरिएको थियो । जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनु हुने वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई ञकथाकुथुङ्ग्री सिर्जना विशिष्ट नायकझका रूपमा र ञअविश्रान्त लघुकथा साधकझका रूपमा ध्रुव मधिकर्मीलाई संस्थाद्वारा अभिनन्दन गरिएको थियो । यसैेगरी वरिष्ठ साहित्यकार विजय चालिसेलाईञअग्रज लघुकथाकार सम्मान झ, डा.विदुर चालिसेलाई ञआदर्श लघुकथा साधक सम्मानझ र रञ्जुश्री पराजुलीलाईञ वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मानझ, डेउडा गायक नन्दकृष्ण जोशीलाई ञ डेउडा लोकगायक विशिष्ट सम्मान झ र गायक आनन्द कार्कीलाई ञबन्दना गायक विशिष्ट सम्मानझले सम्मानित गरिएको थियो ।
सम्मानकै क्रममा ञहेमलता स्मृति लघुकथा सम्मान–२०८१झ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियो भने लघुकथाकृति शताब्दम् महाशक्तिका लागि डा.विदुर चालिसेलाई ञनमस्ते झिल्का पुरस्कार–२०८१ झ प्रदान गरिएको थियो । यसैगरी लघुकथाकृति ‘पहिरो’का लागिञ लघुकथालय पुरस्कार–२०८१ झ ललिता दोषीलाई र सुरेशकुमार पाण्डेलाई ञवर्ष लघुकथाकार सम्मान–२०८१’ प्रदान गरिएको थियो । उक्त अवसरमा मञ्चद्वारा प्रकाशित एवम् लोकार्पित २२ कृतिका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान–२०८१’ द्वारा सुशोभन गरिएको थियो ।
कार्यक्रममा रेडियो सारथि १०७.४ मेगाहर्जलाई ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’, हिमालयन दृष्टि मिडिया प्रालि नागार्जुन, काठमाडौलाई ञ वर्ष उत्कृष्ट सामाजिक पत्रिका झ, हिमालयन दृष्टि प्रालिका लघुकथा स्तम्भकार वसन्त अनुभवलाई ञवर्ष स्तम्भकार सम्मान पत्रझ, लघुकथा वाचक विवेक काफ्लेलाई ‘वर्ष वाचक लघुकथा सम्मान–२०८१ झ र अनिष पाठक, अमित प्रधानाङ्ग, आयुष बडाल तीन जनालाईञ वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मानझले सम्मानित गरिएको थियो । साथै कार्यक्रम प्रायोजन गर्नु हुने प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक–२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियो । कार्यक्रममा मिठ्ठुकुमारी पाठकले स्वागत मन्तव्य राख्नु भएको भने कार्यक्रममका प्रमुख अतिथिलगायत अन्य विशिष्ट व्यक्तित्व पुष्कर लोहनी, ध्रुव मधिकर्मी, विजय चालिसे , डा.विदुर चालिसे, नन्दकृष्ण जोशी , आनन्द कार्की, ललिता दोषी, मुक्ति गौतम र अवधेश सिंहले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा साहित्यकारहरू , मञ्चका पदाधिकारीहरू , अतिविशिष्ट र आजीवन सदस्यहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक एवंम् सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्लेले सञ्चालन गर्नु भएको सो कार्यक्रमको दोस्रो चरणमा ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ–२०८१’ आयोजना गरिएको थियो । जसमा चर्चित गायकहरूको गान प्रस्तुतीसंगै विभिन्न सांस्कृतिक समूहले कौडा नाच, फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न प्रस्तुतिहरू रहेका थिए । स्रष्टा रमेश खनालको ञयुद्धमा बिलाएको सपनाझ झलघुकथासइ्ग्रह विमोचन भएको छ ।
साहित्यिक पत्रकार संघको आयोजनामा कार्तिक २४ गते शनिबार, काठमाण्डौँको लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा सो कार्यक्रम सम्पन्न भएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा , कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार केके कर्माचार्य, सभापती लेकाली , समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की र स्रष्टा किशोर पहाडीले संयुक्तरुपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्य, अध्यक्ष लेकाली र कृतिकार खनालले आआफ्नो मन्तव्य राख्नु भएको थियो । समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले विमोचित कृतिको समीक्षा गर्नु भएको थियो भने सर्जकद्वय नरेन्द्रबहादुर श्रेष्ठ र किशोर पहाडीले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्रष्टा इन्दिरा ढकालले लोकार्पित कृतिबाट एउटा लघुकथा वाचन गर्नु भएको थियो । उक्त अवसरमा कृतिकार खनाललाई सम्मान गरिएको थियो । सर्जक मुरारी सिग्देलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा दिव्य गिरी, श्रीराम राई , डा. बुनु दाहाल लगायत दुई दर्जन साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो । स्रष्टा रमेश भान्दाइको तीन आख्यानकृति गङ्गाजल लघुकथासङ्ग्रह, न आदि न अन्त्य कथासङ्ग्रह र बन्द ढोका उपन्यासको एकैसाथ विमोचन र विमर्शन भएको छ । परिवारजनको आयोजनामा कार्तिक २४ गते शनिबार, बानेश्वरको सिद्धार्थ फुडलयाण्डमा आयोजित ञ अन्तर विमर्श कार्यक्रम झ डा. रामप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका सभाध्यक्ष लगायत प्रमुख अतिथि डा. तुलसी भट्टराई , विशिष्ट अतिथिहरू विष्णु बिभु घिमिरे , प्राज्ञ भोजराज पोखरेल , समालोचक युवराज मैनाली , दिनेश राज पन्त अतिथिहरू रामप्रसाद पन्त , राजेन्द्र कोइराला , डा. मधुसूदन लामिछाने , ठाकुर शर्मा , भागवत आचार्य , महेश बास्कोटा , कलाधर काफ्ले , लता के सी , कृतिकार भान्दाई र उहाँकी धर्मपत्नी पुण्यकुमारी भट्टराई आदिले कृतिको सामूहिक विमोचन गर्नु भयो । कार्यक्रममा खेचर खनालले स्वागत मन्तव्य राख्नु भयो भने कृतिकारका छोरी कल्पना भट्टराई र ज्वाइँ प्रशान्त अधिकारी लगायत मञ्चासिन डेढ दर्जन महानुभावले शुभकामना मन्तव्य दिनु भएको थियो । विमोचित कृति गङ्गाजल लघुकथासङ्ग्रहको समीक्षा गर्दै समालोचक युवराज मैनालीले भाइदाइका लघुकथाहरू ६०को दशकदेखिनै सिर्जना गरिएका हुन् ।
आज आएर ७७ वटा लघुकथाले कृतिको रूप लिएका छन् । लघुकथाहरू केही उत्तम , केही सामान्य छन् भने उठान सशक्त र आकर्षक बन्न सकेका छैनन् भन्दै सुधार र परिष्कारको खाँचो औल्याउनु भयो । शुभकामना मन्तव्यको क्रममा , कृतिकारलाई बधाई तथा शुभकामना दिँदै लता के. सी .ले विमोचित कृतिबाट ञवस्त्र झशीर्षकको लघुकथा वाचन गर्नु भयो । कृतिकारले लेखकीय मन्तव्य राख्ने क्रममा पाठक र समीक्षकले आफूलाई प्रशंसाभन्दा सत्य आलोचना गरिदिमा खुसी लाग्ने बताउँदै साथ, सहयोग दिने र उपस्थित सबैप्रति आभार प्रकट गर्नु भएको थियो । कृतिकारका छोरी कल्पना भट्टराईले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नु भएको थियो ।