सम्पर्क

सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई योजना कार्यान्वयनमा आग्रह

बागमती प्रदेशको सर्वदलीय बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गरेको छ । आईतबार नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको अध्यक्षतामा ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा बसेको उक्त बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूको उपस्थितिमा सम्पन्न भएको बैठकले सरकारलाई योजना कार्यान्वयनमा ध्यान दिन आग्रह गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ को योजना कार्यान्वयन तथा विविध विषयमा छलफल गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकले चालु वर्षको योजनाहरू कार्यान्वयनमा देखिएको अपुग रकमको विवरण संकलन गरी थप अध्ययन गर्ने निर्णय गरेको छ भने १४ असोज २०८१ मा सम्पन्न सर्वदलीय बैठकमा पारित निर्णयहरूको कार्यान्वयनको प्रगतिप्रति सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको उपनेता चित्रकारले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेस बागमतीका मुख्य सचेतक गोविन्द लम्साल, नेकपा एमाले बागमतीका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमतीका प्रमुख सचेतक रत्न ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी बागमतीकी प्रमुख सचेतक कुमारी तामाङ, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट बागमती प्रदेश सभामा निर्वाचित सांसद बसन्त मानन्धर र हाम्रो नेपाल पार्टीको बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यको उपस्थिती रहेको थियो ।