सम्पर्क

गौराती मेलाबारे नगरप्रमुख संग युवाहरुको छलफल ,सम्पदा संरक्षण गुठीको अनुरोधमा सय तोला चाँदी तथा सुनको गहना आउँने

चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सँग भीमसेन युवा क्लवका पदाधिकारीहरुले भेट गरी गौराती भीमसेन जात्रा २०८१ सभ्य,भव्य एवं मनोरंजनात्मक रुपले सम्पन्न गर्न बिशेष छलफल गरेको छ । आइतबार नगर प्रमुख सँग भएको छलफलमा नगरमा रहेका सबै भाषा,संस्कृति ,जात्रा पर्ब,संरक्षित स्थानको बिकास र संरक्षणका लागी नगर पालिका बाट हुन सक्ने र आफुले गर्न सकीने हरेक कार्यहरुमा सहयोग गर्ने सापकोटाले बताउँनु भयो र उँहाले कुनै पनी मेला पर्ब हरु रिती रिवाज अनुसार शान्त पुर्ण र मनोरन्जनात्मक तरिकाले सम्पन्न गर्न हामी सबैको प्रमुख दाइत्व रहेको बताउँदै गौराती भिमसेन मेलाको ब्यवस्थापनमा पनी हामी सबै मिलेर गर्नु पर्छ भन्नु भयो । यसका लागी नगरपालिकाबाट हुन पर्ने र हुन सक्ने सहयोग निरन्तर रहने बतथाउँनु भयो । स्थानीय युवाहरुले मेलालाइ व्यवस्थापन मा मुख्य भुमिका खेल्न पर्ने भएकाले युवाहरुको भुमिाकामा पनी कमी आउँन नदीन र मेला भव्य सव्य र मनोरन्जात्क तरिकाले सम्पन्न गर्न लागी पर्न युवाहरुलाइ आग्रह गर्नु भयो । यस बर्ष गौरती भीमसेनको मेला यही कात्तिक ३० गतेदेखि सुरूहुने भएको छ ।हरेक वर्षझै कार्तिक पुर्णिमादेखि द्वितियासम्म लाग्ने मेला यस वर्ष कात्तिक ३० गतेदेखि सुरूहुन लागेको हो । मेला कात्तिकको ३० गतेदेखि मंसिरको २ गतेसम्म चल्नेछ ।सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा रहेको जिल्लाकै ठुलो मानिने प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौरती भीमसेन मन्दिरमा पूर्णिमाका दिन लाग्ने मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् । बिशेष गरी जे मागे पनी एकथोक पुरा गरिदिने बिश्वाका कारण यो मन्दीरमा देस भरीका आश्थावान ब्यक्तीहरुको उपस्थित रहने गरेको छ । पौराणीककालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले भीमेश्वरको शिलामा सधैं राती राती दूध चढाउने गरेकोले सो स्थानको नाम गौराती रहन गएको किंवदन्ती छ ।भीमसेनको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भीमसेनको आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ । यस अवसरमा पञ्चबली दिने परम्परा पनि रही अएको छ ।मेलामा सदरमुकाम चौताराबाट भीमसेनको मूर्तीलाई रथमा राखेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि द्वितियाका दिन पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला स्थानीयवासीले श्रद्धाले राखेको चँदुवामा रथ बिसाएर पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वितियाका दिन मूर्तीलाई चौतारमा रहेको भिमसेनको मन्दिरमा विराजमान गरेपछि जात्रा समापन गरिने परम्परा रहेको छ । जात्रालाई सिन्धुवासीले दशैंभन्दा पनि ठूलो चाडका रूपमा मनाउँदै आएका छन् । जात्रामा सरकारी पुजासमेत हुने गर्दछ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलेसमेत भीमसेनलाई बोका बलि दिएर पुजा गर्ने परम्परा रहि आएको छ ।यस वर्ष जिल्लामा सांस्कृतिक तथा सामाजिक रूपमा कृयाशील सम्पदा संरक्षण गुठीको अनुरोधमा रंजितकार समाज भक्तपुरका गणेशराम रंजित (जिआर रन्जित) तथा ललितपुरका सामाजिक अभियन्ता तथा मुर्तिकार रवि शाक्यको संयोजनमा पुरानो बजारस्थित जात्रा हुने मुख्य भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाको किंकम्पा र मुकुट अर्पण गरिने भएको छ ।यसै मेलाको अवसरमा यहि २९ गते एक भव्य कार्यक्रम गरी भीमसेनलाई सो गहना अर्पण हुने सम्पदा संरक्षण गुठीका अध्यक्ष तथा सामाजिक अभियन्ता रविन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको भीमसेनलाई रंजितकार समाज भक्तपुरको सहयोग तथा मुर्तिकार रवि शाक्यको संयोजनमा तीनलाख बराबरको गहना मेलाको अवसरमा चढाउन लागिएको हो । भीमसेनलाई गहना अर्पण गरेपछि भीमसेन जगाउने पुजा रंजितकार समाजका अध्यक्ष तथा समाजसेवी रामगोपाल रंजितबाट हुने समेत सम्पदा संरक्षण गुठीका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । उँहाले छिटै यस सम्बन्धी लेख समेत प्रकाशन गर्न लागेको बताउँनु भयो ।धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।